काठमाडौं ३० कात्तिक / ललितपुरको लगनखेल नकवहालस्थित नेशनल चिल्ड्रेन स्कुल सोमबार दिनभर तनावग्रस्त भयो । विद्यालयका लेखापात दिवाकर श्रेष्ठले विद्यार्थीमाथि अभद्र र यौन दुव्र्यवहार गरेको भन्दै अभिभावक नाराबाजी गर्दै जुलुसहित आएकाले विद्यालय तनावग्रस्त भएके हो ।
कक्षा ५ का ९ जना छात्राले आफ्ना अभिभावकसँग लेखापालले दुव्र्यवहार गरेको भनेपछि अभिभावक लेखापालमाथि कारबाही गर्न माग राख्दै नाराजुलुसमा उत्रेका हुन् ।
छात्रामाथि यौन दुव्र्यवहार भएको भन्दै सोमबार दिउँसो १२ बजे २ सयभन्दा बढी अभिभावक विद्यालयमा उपस्थित भएका थिए । आक्रोशित अभिभावकले लेखापाल श्रेष्ठलार्य कुटपिट गर्न थालेपछि श्रेष्ठका छोरा उज्वल श्रेष्ठले प्रहरीालई खब गरेका थिए ।
नानाीहरुले नै लेखापाबाट यौन दुव्र्यवहार भएको सुनेपछि हामी विद्यालयमा आउन बाध्य भएका हौं । एकजना पीडित अभिभावकले भने ।
छात्राले विद्यालयमा भएको यौन दुव्र्यवहारबारे विद्यालयमा जानकारी नगराई अभिभावकलार्य बताएको र अभिभावकबाहेकका व्यक्ति पनि नाराजुलुसमा सहभागी भएकाले अनुसन्धानपछि मात्र घटनाको सत्यतथ्य बाहिर आउने प्रहरीले जनाएको छ ।
नागरिकमा शिवहरि घिमिरेले लेखेको खबर ।
प्रतिक्रिया