Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

केयू उपकुलपति कार्यालयमा तोडफोड

मंगलबार, ३० कार्तिक २०७३

काठमाडौं ३० कात्तिक / नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजूको कार्यालयमा तोडफोड गरेको छ । विश्वविद्यालय राज्यसमिति सहइन्चार्ज सुशील खनाल नेतृत्वको टोलीले उपकुलपति नभएको समयमा उनको कार्यकक्षमा तोडफोड गरेको हो ।

पटकपटकको प्रयासमा पनि उपकुलपतिसँग भेट नभएपछि आक्रोशित उनीहरूले कार्यालयमा हम्मरले हानेर तोडफोड गरेका थिए । कार्यालय ढोकाको सिसा, कम्प्युटर, हिटरमा क्षति पुगेको छ । तोडफोडपछि बाइकमा भागेकाले सुरक्षाकर्मीले उनीहरूलाई समात्न असमर्थ भएका थिए । जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीनराज राईले व्यक्तिको पहिचान गरेकाले खोजी कार्य तीव्र पारिएको बताए ।
मेडिकल शिक्षामा मेरिटका आधारमा भर्ना गर्नुपर्ने, अध्ययन शुल्क घटाउनुपर्ने, विदेशी विद्यार्थीको कोटा घटाउनुपर्ने, छात्रवृत्ति संख्या बढाउनुपर्ने, सम्बन्धन प्राप्त सबै कलेजमा राजनीतिक अधिकारसहितको स्ववियु निर्वाचन हुनुपर्ने लगायतका माग पेस गरेका थिए । पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले तोडफोड गरेको अखिल क्रान्तिकारीका विश्वविद्यालय संयोजक अच्युत भट्टले जानकारी दिए । ‘विद्यार्थी भर्ना, शुल्क, पारदर्शिता लगायतका कुरा उठाएरे हामीलराखेको माग सम्बोधन नभएकाले बाध्य भएर तोडफोड गरेका हौँ,’ भट्टले भने ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया