काठमाडौं २७ कात्तिक / गतवर्षको भूकम्पबाट क्षतिग्रस्त भएका लमजुङका १० विद्यालयको पुनर्निर्माण तथा मर्मत थालिएको छ ।
वल्र्ड भिजन लमजुङले भत्किएका विद्यालयको पुनर्निर्माण र मर्मत गरेको हो ।
सिकाइका लागि सुरक्षित वातावण परियोजनाअन्तर्गत भवन पुनर्निर्माण, मर्मत, विपद् व्यवस्थापनसम्बन्धी शिक्षा, शौचालय, खानेपानी र सरसफाइका काम अगाडि बढाइएको परियोजना प्रमुख मदन रानाले जानकारी दिए ।
वृहत विद्यालय सुरक्षा ढाँचाको अवधारणाअन्तर्गत सञ्चालित यस परियोजनाको कूल २ करोड २३ लाख रुपियाँ छ ।
विद्यालय भवन निर्माण र मर्मतमा डेढ करोड र खानेपानी तथा शौचालय मर्मतका लागि ३५ लाख रकम छुट्याइएको परियोजना प्रमुख रानाले बताए ।
रानाका अनुसार बाँकी रकम विपद् व्यवस्थापनसम्बन्धी शिक्षा लगायत क्षेत्रमा खर्च गरिनेछ ।
नवीनराज कुइँकेलले गोरखापत्रमा लेखेको खबर ।
प्रतिक्रिया