Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

कक्षा १० को परीक्षा पुरानै पद्धतिबाट

शनिबार, २७ कार्तिक २०७३

काठमाडौं २७ कात्तिक / परीक्षा नियन्त्रण कार्यालयबाट नै कक्षा १०मा परीक्षा हुने भएपछि विद्यार्थीमा परीक्षासम्बन्धी गतिविधिको चासो बढ्न थालेको छ ।
केही समयअघि कक्षा १० कुन निकायले परीक्षा गराउने भन्ने अन्योल थियो । विगतमा कक्षा १० मा हुँदै आएको प्रवेशिका परीक्षा कक्षा १२ मा हुने र क्षेत्रीयस्तरको परीक्षामात्र कक्षा १०मा हुने भनिए पनि त्यससम्बन्धी स्ष्पष्ट निर्णय अहिलेसम्म हुन नसक्दा कक्षा १० को परीक्षा परीक्षा नियन्त्रण कार्यालयले गराउने तयारी थालेको हो ।
यो सालको कक्षा १० को परीक्षा कस्तो हुन्छ र कुन निकायले गराउने भन्ने अन्योल थियो तर अहिले निश्चित भइसकेको छ, जिल्ला शिक्षा कार्यालय इलामका परीक्षा शाखाका प्रमुख अम्बिका खनालले भने , ‘यो सालको परीक्षा पुरानै पद्धतिबाट हुन्छ । गएको वर्षको भन्दा फरक भनेको परीक्षाको नाम एसएलसी लेखिँदैन, त्यतिमात्र हो ।’
शाखा प्रमुख खनालका अनुसार यस वर्षको परीक्षा पद्धतिका बारेमा एसएलसीको ठाउँमा अरु कुनै शब्द लेखिने भन्ने कुरा निर्णय हुन बाँकी छ । यसका लागि शिक्षा मन्त्रालयमा प्रस्ताव लगिसकेको तर मन्त्रिपरिष्बाट निर्णय हुन बाँकी छ ।
परीक्षासम्बन्धी विद्यार्थीको चासो, कोचिङ सुरु शिर्षकमा गोरखापत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया