काठमाडौं २६ कात्तिक / जिल्ला शिक्षा कार्यालय खोटाङले सदरमुकाम दिक्तेलस्थित सरस्वती माविका शिक्षकलाई १० देखि ४ बजेसम्म विद्यालय नछाड्न सचेत गराएको छ । निरीक्षणका क्रममा आफ्नो कक्षा सकेपछि अधिकांश शिक्षक विद्यालय छाडेर हिँड्ने गरेको पाइएकाले शिक्षा कार्यालयले सा स्कुलका शिक्षकलाई बिहान १० बजेदेखि ४ बजेसम्मै विद्यालयमै रहेर काम गर्न सचेत गराएको हो । अनुगमनको दोस्रो दिन कार्यालयले विद्यालय निरीक्षणका क्रममा देखिएका सकारात्मक र नकारात्मक पक्षसहित सुधार गर्नुपर्ने विषय उल्लेख गरेर बिहीबार विद्यालयलाई सचेतपत्र पठाएको छ । सरस्वती मावि अधिकांश शिक्षक संगठनका प्रमुखहरु कार्यरत विद्यालयको रुपमा परिचित छ ।
नागरिकमा प्रकाशित खबर ।
प्रतिक्रिया