काठमाडौं २६ कात्तिक / सरकारले आधारभूत शिक्षामा बालबालिकाको पहुँच बढाउन ‘शिक्षाका लागि खाद्य कार्यक्रम’को बजेट वृद्धि गरेको छ ।
आधारभूत तहको शिक्षामा बालबालिकाको विद्यालय टिकाउ र सिकाइ उपलब्धि वृद्धि गर्न दिवा खाजा कार्यक्रमको बजेट बढाइएको हो । यसका लागि शिक्षा मन्त्रालयले गतवर्षको ४९ करोडबाट वृद्धि गरेर ६४ करोड रुपैयाँ पु¥याएको छ ।
दिवा खाजा कार्यक्रम सञ्चालनपछि विद्यार्थीको भर्ना दर बढेको ठहरसहित मन्त्रालयले बजेट वृद्धि गरेको हो ।
सरकारले हाल दैलेख, रुकुम, जाजरकोट, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, दार्चुला र बैतडी गरी १० जिल्लाका बालबालिकाका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गरेको शिक्षाका लागि खाद्य कार्यक्रम परियोजनाका कार्यक्रम निर्देशक विष्णुबहादुर द्वारेले बताए । यो कार्यक्रमबाट २ हजार २ सय २६ विद्यालयका १ लाख ९४ हजार बालबालिकाका लाभान्वित भएका छन् ।
यो वर्ष ४ सय २७ विद्यालय थप गरेर २ हजार ६ सय ५३ विद्यालयका २ लाख ७० हजार विद्यार्थीमा यो कार्यक्रम पु¥याइएको छ । सरकारले गतवर्षको तुलनामा चालू आर्थिक वर्षमा ७६ हजार बालबालिकाका लागि दिवा खाजा कार्यक्रम थप गरेको हो ।
कार्यक्रम थप गरिएका ४ सय २७ विद्यालयका कुक र खाद्यान्न व्यवस्थापन समितिका पदाधिकारीलाई तालिमसमेत दिने योजना सरकारले बनाएको छ ।
दिवा खाजा कार्यक्रममा सहभागी गराइएका २ लाख ७० हजार बालबालिका लागि हाल प्रतिदिन ११० ग्रामको ३८० क्यालोरी प्राप्त हुने गरी दाल–भात वितरण गरिँदै आएको छ । यसैगरी चालू आर्थिक वर्षदेखि दाल–भातको सट्टामा लिटो वितरण गरिने भएको छ ।
कारोबारमा प्रकाशित खबर ।
प्रतिक्रिया