Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

विद्यालयको जग्गा कब्जा गरी प्रतीक्षालय निर्माण

विहीबार, २५ कार्तिक २०७३

काठमाडौं २५ कात्तिक / धम्बोजी उच्च मावि नेपालगञ्जको जग्गामा स्थानीय एक क्लबले प्रतीक्षालय निर्माण थालेको छ । नेपालगञ्ज १ धम्बोजीस्थित विद्यालयको पुरानो भवन (हाल शान्ति विद्या निकेतन सञ्चालन रहेको ) को पर्खालबाहिर विद्यालयको नाममा दर्ता स्रेस्ता रहेको जग्गा कब्जा गरी क्लबले प्रतीक्षालय निर्माण गरिरहेको छ ।
कब्जा गरिएको जमिनमा धम्बोजी स्पोट्र्स क्लबले प्रतीक्षालय बनाइरहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर चन्दले विद्यालयको कित्ता नं. १९३ को १२७१.९१ वर्गमिटर क्षेत्रफल रहेको जग्गा क्लबले कब्जा गरेको बताए । यो विद्यालयको लालपुर्जाको जग्गा हो, जर्बजस्ती क्लबले लग लगाइरहको छ । उनले भने ।
विद्यालयले निर्माण रोक्न जिल्ला प्रशासन कार्यालयमा कात्तिक ११ गते नै उजुरी दिइएको उनको भनाइ छ । उजुरी दिएको १५ दिन हुन लाग पनि अहिलेसम्म सुनुवाइ नभएको उनको गुनासो छ ।
विद्यालयले उक्त स्थानमा २ वर्षअघि सटर निर्माण गर्ने प्रक्रिया थालेपछि क्लववालाले अवरोध गरेका थिए ।
विद्यालयको जग्गामा प्रतीक्षालय शिर्षकमा सुरेन्द्र काफ्लेले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।

 

प्रतिक्रिया