Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

अयोग्य प्रधानाध्यापक

शनिबार, १४ चैत्र २०७१

नियम विपरितका प्रधानाध्यापक

Hari Prasad PokhrelHari Prasad Pokhrelएकातिर नेपालका अधिकांस सामुदायिक विद्यालयहरुमा कानुनी प्रकृया नपुराई नियुक्त गरिएका अयोग्य प्रधानाध्यापकलाई विद्यालय प्रशासन जिम्मा लगाइने गरिएको भेटिएको छ भने अर्काेतिर एकपटक नियमानुसार नियुक्त भएका प्रधानाध्यापकहरुले पनि पाँच वर्षे अवधि पुरा भएपछि पूनः नियमानुसार नियुक्ति हुनुपर्ने प्रावधानको कार्यान्वयन हुन नसकिरहेको अवस्था छ ।

कतिपय विद्यालयहरुमा त माथिल्लो तहको योग्यता भएका स्थायी शिक्षक हुँदाहुँदै पनि अस्थायी तथा करार शिक्षकहरुलाई समेत प्रधानाध्यापकको रुपमा नियुिक्त गरिएको देखिन्छ । अझ केही सामुदायिक विद्यालयहरुमा राहात दरवन्दीका शिक्षक र केहीमा त निजिस्रोतमा कार्यरत शिक्षकहरुलाई समेत प्रधानाध्यापक वनाइएका उदाहरणहरु भेटिन्छन् ।

यति सम्म कि उच्च माध्यमिक तह संचालन भएको विद्यालयहरुमा एसएलसी योग्यताका प्राथमिक तहको शिक्षकहरु पनि प्रधानाध्यापकको रुपमा कार्यरत छन् । जवकी उच्च माध्यमिक तहको प्रधानाध्यापक हुन एम.एड योग्यता चाहिने कानुनी ब्यवस्था छ । आखिरी किन यसरी नियम विपरित अयोग्य प्रधानाध्यापकहरु नियुक्त हुँदापनि सम्वन्धित निकाय मौन समर्थन गरिरहन्छ ? के शिक्षा ऐनरनियमावली औपचारिकताको लागि मात्र निर्माण गरिएको हो ? के यस्ता नातावाद र कृपावादको आधारमा नियुक्त गरिएका अयोग्य प्रधानाध्यापकहरुवाट गुणस्तरीय शिक्षाको परिकल्पना गर्न सकिन्छ ? यी र यस्ता शिक्षासंग सम्वन्धित सम्वेदनशील विषयहरुमा सार्थक वहस गरि उपयुक्त निश्कर्ष निकाल्न जरुरी भइसकेका छ ।

प्रतिक्रिया