काठमाडौं २४ कात्तिक /विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी नहुँदा र प्रतिविद्यार्थी लागत अनुदान (पीसीएफ) रकमसमेत नपाउँदा यहाँका सामुदायिक विद्यालय समस्यामा परेका छन् ।
जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत विष्णुबहादुर शाहीका अनुसार लामो समयदेखि सरकारले थप दरबन्दी दिएको छैन । आव २०६५/०६६ देखि राहत दरबन्दीको साटो प्रतिविद्यार्थीको लागतअनुसार आनुदान बापत पीसीएफ रकम दिने गरेको थियो । यो वर्ष पीसीएफ रकम नआएको हो ।
रकम निकासा नआउँदा पीसीएफबाट पारिश्रमिक पाउने गरी नियुक्त भएका शिक्षकले दसंै तिहारमा तलब बुझ्न पाएनन् । यो वर्ष पीसीएफको रकम नआएकाले विद्यालयमा नियुक्त शिक्षकलाई पारिश्रमिक दिन विद्यालयलाई समस्या भएको शाहीले बताए । जिल्ला शिक्षाका अनुसार आधारभूत तह र मावि तहका लागि गत वर्ष पीसीएफतर्फ ४२ लाख आएको थियो । यो वर्ष रकम आउने नआउने टुंगो छैन । एकपछि अर्काे विद्यालय खोल्ने क्रम बढे पनि विद्यार्थी भने पर्याप्त छैनन् ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया