Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

५ सय ८० स्कुल एक साताका लागि बन्द

मंगलबार, २३ कार्तिक २०७३

काठमाडौं २३ कात्तिक । भारतको राजधानी दिल्लीमा प्रदूषणको खतरा बढेपछि दक्षिण दिल्लीका करिब ५ सय ८० स्कुल एक साताका लागि बन्द गरिएका छन् । उत्तर र पूर्वी दिल्लीका स्कुलहरु भने बुधबारसम्मका लागि बन्द गरिएका छन् ।
धुँवा निकै बढेपछि दम, एलर्जी, श्वासप्रश्वासको समस्या निकै बढेको छ । दिल्लीका तीनवटै निगम(दक्षिण, पूर्वी र उत्तरी क्षेत्र) का १७ हजारभन्दा बढी स्कुल शनिबारदेखि नै बन्द गरिएका थिए ।
ती विद्यालयहरुमा १० लाख विद्यार्थी अध्ययनरत छन् । चिकित्सकहरुले दिल्लीमा रहेका बालबालिका र वृद्धवृद्धालाई सुरक्षित स्थलमा रहन सुझाव दिएपछि विद्यालयहरु बन्द गर्नुपरेको थियो । दिल्ली सरकारले पनि बुधबारसम्म विद्यालयहरु बन्द गर्न आदेश नै दिएको थियो ।
दक्षिण दिल्लीमा सिरिफोर्ट इलाका र पूर्वी दिल्लीमा आनन्द विहाललगायतका क्षेत्र अत्यधिक प्रदूषित क्षेत्र मानिन्छ ।
दक्षिण दिल्लीमा एकसाता स्कुल बन्द शिर्षकमा अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

 

प्रतिक्रिया