Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

शिक्षकले गफ गर्ने थलो होइन विद्यालय

सोमबार, २२ कार्तिक २०७३

काठमाडौं २२ कात्तिक / म ३८ वर्षअघि यो विद्यालयमा पढाउन आउँदा शिक्षक अफिसमा बसेर गफ गर्दै समय बिताउने गर्थे, अहिले कस्तो छ खै ? प्राध्यापक ग्रेगरी जी मास्कारिनेकले शिनबार खलंगाको त्रिभुवन माविमा पूर्व विद्यार्थी र शिक्षकका माझ प्रश्न गरे ।
ग्रेगरी अमेरिकाको होनुलुलु हवाईस्थित हवाई विश्वविद्यँलयमा पारिवारिक अभ्यास तथा सामुदायिक स्वास्थ्य विभागका प्राध्यापक हुन् ।
६५ वर्षीय ग्रेगरीले सदरमुकाम खलंगामा २०३५ देखि ०३७ सम्म र दुर्गम गाउँ पैकमा २०३७ देखि २०३९ सम्म स्वयम्सेवकको रुपमा पढाएका थिए ।
एनले ३८ वर्षअघिको अवस्था सम्झेर भने, त्यतिबेला शिक्षकले विद्यार्थीलाई पढाउन छाडेर अफिसमा राजनीतिक गफ गरेर दिन काट्थे ।
शिक्षकको ध्यान अध्यापनभनदा अन्यत्र जानु दुःखको कुरा भएको उनले बताए । शिक्षकले नै विद्यालयमा पढाउन छाडेर अन्तै ध्यान दिएपछि विद्यार्थीमा दुःख गर्ने बानी हराउँछ । उनले भने ।
त्यतिबेला आफूले पढाउने विद्यालयमा एकजना मात्र छात्रा भएको तर अहिले छात्राको संख्या बढेकोमा उनले खुसी व्यक्त गरे ।
जनक केसीले नागरिकमा लेखेको खबर ।

 

प्रतिक्रिया