काठमाडौं २२ कात्तिक
बालबालिकालाई कसरी शिक्षा दिने भनेर सिकाउन ललितपुरमा दुईदिने ‘अर्ली चाइल्डहुड एजुकेसन कन्फरेन्स’ भएको छ । कन्फरेन्समा स्वदेशी र विदेशी प्रशिक्षकले सिकाउने शैलीबारे प्रशिक्षण दिए । ३२ वर्षदेखि नेपालमा रहेर शिक्षा क्षेत्रमा काम गर्दै आएकी हल्यान्डकी रारुनी डेवटले नेपाली बालबालिकाको सिकाइ कमजोर रहेको बताइन् । ‘मासु कहाँबाट आउँछ भन्दा पसलबाट भन्छन्,’ उनले भनिन्, ‘चामल कहाँबाट आउँछ भन्दा बोराबाट आउँछ भन्छन् । यो सिकाइमा रहेको त्रुटि हो । बालबालिकालाई सामाजिक सीप सिकाउनुपर्छ । सोसियल स्किल सिकाउनुपर्छ । बालबालिका हेरेर सिक्छन् । नक्कल गरेर सिक्छन् । यस्तो वातावरण बनाइदिनुपर्छ ।’
ईसीईसीले दिएको तालिममा ५ सय सहभागी थिए । ईसीईसीले १५ वर्षदखि ‘थ्योरी टु प्राक्टिकल’ कक्षा चलाउँदै आएको छ । कन्सफरेन्समा ‘हवाइ आई डु, हवाट आइ डु’, म्युजिक एन्ड मुभमेन्ट इन प्रि–स्कुल,’ ब्रेन डेभलेपमेन्ट, चाइल्ड फ्रेन्डली अपरच्युनिटी, थिम टिचिङलगायत ५६ विषयमा सिकाइएको थियो ।
अर्ली चाइल्डहुड एजुकेसन कन्फरेन्स’ शिर्षकमा कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया