Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

विद्यालय छाड्ने दर बढ्यो

सोमबार, २२ कार्तिक २०७३

काठमाडौं २२ कात्तिक / विद्यालय छाड्ने दर बढ्दै गएको छ । जिल्ला शिक्षा कार्यालय हुम्लाका अनुसार प्राथमिक तहमा ११ हजार ४ सय ५१ विद्यार्थि छन् । माध्यमिक तहमा भने २ हजार ७८ विद्यार्थी मात्र रहेको तथ्यांकमा छ । प्राथमिकबाट माध्यमिक तह पुग्दा ९० प्रतिशत विद्यार्थी घटेको विवरणले देखाएको हो ।
निमावि तहमा ३ हजार ४ सय ४ विद्यार्थी भर्ना भएका छन् । प्राविबाट निमावि पुग्दा ७० प्रतिशत घटेको देखिन्छ । निमाविबाट मावि पुग्दा ३८ प्रतिशत विद्यार्थी घटेको विवरणले देखाएको छ ।बालविकास केन्द्रदमा अध्ययनरत बालबालिका १४ हजार ६ सय १८ छन् । बाल विकासदेखि मावि पुग्दा ८५ प्रतिशतले संख्या घटेको देखिन्छ । बालविकासबाट प्रावि तहमा पुग्दा नै २१ द्यशमलब ६६ प्रतिशतले पढाइ छाडिसकेको विवरणले देखाएको छ ।
सरकारले हुम्लामा शिक्षाका लागि झन्डै ३७ करोड लगानी गर्ने गेको छ ।लगानीअनुसार प्रतिफल भने आउन सकेको छैन । कार्यालयका अनुसार विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि १४ करोड आउने गरेको छ ।
कान्तिपुरमा प्रकाशित खबर ।

 

प्रतिक्रिया