काठमाडौं १९ कात्तिक /हेलीकोप्टर पर्खँदापर्खँदै उच्च ज्वरोेका कारण ज्यान गुमाएका खोटाङको बुइँपा २ का शिक्षक दीपक राइका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
शिक्षक राईको मृत्यु भएपछि बिचल्लीमा परेका परिवारको सहयोगार्थ गठित शिक्षक दीपक राई स्मृति सहयोग समितिले पाँच लाख रुपैंया आर्थिक सहयोग गरेको हो । अस्पताल जान हेलीकोप्टरको प्रतिक्षा गर्दागर्दै तीन महिनाअघि शिक्षक राईको निधन भएको थियो । उनको योगदानलाई स्मरण गर्न र श्रीमतिसहित दुई छोरीको सहयोगका लागि अमरकुमार राईको संयोजकत्वमा बनेको सहयोग समितिले संकलन गरेको रकम पीडितलाई बिहीबार हस्तान्तरण गरेको हो ।
नागरिक दैनिकमा प्रकाशित खबर ।
प्रतिक्रिया