Edukhabar
आइतबार, २३ भदौ २०८१
जिव्रो

अस्थायी शिक्षकहरुलाई कतिन्जेल आस र त्रासमा राख्ने ?

बुधबार, २५ चैत्र २०७१
Hari Prasad PokhrelHari Prasad Pokhrel

एकातिर शिक्षक सेवा आयोगले मावि र निमाविको लागि शिक्षक विज्ञापन गरेर आयोग केही गर्दै छ भन्ने देखाउन खोजेको छ भने अर्काेतिर शिक्षक महासंघ यस विज्ञापनलाई तुहाउने रणनीतिमा लागेको छ । प्राथमिक तहको शिक्षक विज्ञापन बारे शिक्षक सेवा आयोग मौन देखिनुले पनि अर्काे आशंका पैदा गरेको छ । अस्थायी शिक्षकहरुलाई कतिन्जेल आस र त्रासमा राख्ने ? यसबारे कसैको ध्यान जान सकेको छैन । उता शैक्षिक समस्याको छिनोफानो गर्न भनेर शिक्षा मन्त्री चित्रलेखा यादवले आफ्नै अध्यक्षतामा गठन गरेको उच्चस्तरीय शिक्षा आयोगको उपाध्यक्षमा केदारभक्त माथेमाले बस्न इन्कार गरेपछि शिक्षा मन्त्री तिलमिलाएकी छन् । आफ्नो अनुकूलका पदाधिकारीहरु राखेर आयोगलाई पूर्णता दिने तयारीमा लागेकी शिक्षा मन्त्रीको चाला पनि शैक्षिक सुधारको लागि आसलाग्दौ छैन । यस्तो अन्यौलग्रस्त परिवेशमा खै कसरी होला शैक्षिक सुधार ?

प्रतिक्रिया