काठमाडौं १२ कात्तिक /खोटाङको लफ्याङस्थित श्रीमावि बाँसकोटमा उच्च मावि सञ्चालनका लागि अभिभावकहरुले देउसी भैलो सुरु गरेका छन् । कक्षा १० सम्मको पढाइ हुँदै आएको विद्यालयमा उच्च माविस्तरको कक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन अभिभावकले मंगलबार देउसीभैली खेल्न सुरु गरेका हुन् ।
तिहारको अवसर पारेर व्यवस्थापन समितिको नेतृत्वमा अभिभावकले प्रत्येक टोलको एक ठाउँमा देउसीभैली कार्यक्रम गरी सहयोग संकलन गरिरहेका छन् । देउसीभैलीबाट दुईदिनमै तीन लाख ८३ हजार ३१ रुपैंया संकलन भएको समितिका अध्यक्ष राजेन्द्र राईले बताए ।
नागरिक दैनिकमा प्रकाशित खबर ।
प्रतिक्रिया