Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

अस्थायी शिक्षकहरुमा गोल्डेन ह्यान्डसेक लिनेभन्दा परीक्षा दिने बढी

विहीबार, ११ कार्तिक २०७३

काठमाडौं ११ कात्तिक / हिमाली जिल्ला ताप्लेजुङमा कार्यरत अस्थायी शिक्षक गोल्डेन ह्यान्डसेकको सुविधा लिनेभन्दा परीक्षामा सहभागी हुने बढी भएका छन् ।
सरकारले स्थायी प्रक्रियाका लागि शिक्षकलाई परीक्षा बा अहिलेसम्म गरेको सेवाको आधारा दिइने सुविधा गोल्डेन ह्यान्डसेकमध्ये एउटा रोज्नुपर्ने भएकाले परीक्षा रोज्ने नै बढी भएका हुन् । जिल्लामा कार्यत ४५ प्रतिशत अस्थायी शिक्षकले आगामी परीक्षामा सामेल हुने गरी आवेदन दिएका जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले जनाएको छ ।
कार्यालयका विद्यालय निरीक्षक हेम पालुङ्वाका अनुसार कूल तीनसय ७८ अस्थायी शिक्षकको संख्यामध्ये दुईसय तीन जनाले स्थायी शिक्षक सवा आयोगले लिने परीक्षामा सामेल हुनलाई आवेदन दिएका छन् । बाँकी एक सय ७५ जना शिक्षकले भने गोल्डेन ह्यान्डसेकको सुविधा लिने भएका विनि पालुङ्वाले जानकारी दिए । पालुङ्वाका अनुसार सबैभन्दा बढी माध्यमिक तहमा कार्यरत शिक्षकले सुविधा लिएर सेवा छाड्न् गरी आवेदन दिएका छन् । मावि तहमा कार्यरत ३० मध्ये २० जनाले सुविधा लिएर सेवा छाड्ने र १० जनाले परीक्षामा सहभागी हुने भएका छन् ।
त्यस्तै निमावि तहअन्तर्गतका शिक्षकमा भने सुविधा  लिने र प्रतिस्पर्धी बन्नेको संख्या बराबरझंै छ । उक्त तहमा कार्यरत ७३ जना अस्थायी शिक्षकमध्ये ३७ जनाले प्रतिस्पर्धा गर्ने र ३६ जनाले सुविधा लिने भएका छन् । प्राथमिक तहमा कार्यरत दुई सय ६५ शिक्षकमध्ये एकसय ४६ जनाले परीक्षा दिने भएका छन् । बाँकी एकसय १९ शिक्षकले मात्र सुविधा दिएर सेवाबाट पन्छिने निश्कर्षमा पुगेका छन् ।
गोरखापत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया