काठमाडौं १० कात्तिक / सर्वोच्च शिखर सगरमाथा सात पटक आरोहण गरेका पेम्बा शेर्पाको सहयोगमा भूकम्पले भत्काएको विद्यालय भवन पुनर्निर्माण गरिएको छ । सल्यानटार ७ माझगाउँस्थित सल्यानटार माविको उक्त भवन मंगलबार फ्रान्सेली राजदूत इभ्स सेरामोनाले हस्तान्तरण गरे । फ्रान्सेली संस्था मोन्टेज एन्ड पार्टेजले शेर्पाको संस्था हिमालयसँग मिलेर भवन निर्माणमा सघाएको थियो । कम्प्युटर कक्षा, सामुदायिक पुस्कालयसहितको अपांगमैत्री उक्त भवन १ करोड ४० लाख रुपैयाँमा निर्माण गरिएको कार्यक्रममा जानकारी गराइयो ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया