Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

काठमाडौँ विश्वविद्यालयले भारतका राष्ट्रपति मुखर्जीलाई महानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्ने

सोमबार, ०८ कार्तिक २०७३

काठमाडौं ८ कात्तिक / धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई महानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्ने भएको छ ।  यही कात्तिक १७ देखि नेपाल भ्रमणमा आउन लाग्नुभएका राष्ट्रपति मुखर्जीलाई एक कार्यक्रमबीच विश्वविद्यालयले उक्त उपाधि प्रदान गर्न लागेको केयूका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द उपाध्यायले जानकारी दिनुभयो ।  
राष्ट्रपति मुखर्जी अर्थमन्त्री हँुदा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त गरेकाले यो उपाधि प्रदान गर्न लागेको उपाध्यायले जानकारी दिनुभयो ।  काठमाडौँ विश्वविद्यालयले भारतका कङ्गे्रस आईका नेता डा. करण सिंह र लोक संस्कृतविद् सत्यमोहन जोशीलाई प्रदान गरिसकेको जनाएको छ ।  
राष्ट्रपति मुखर्जीले धुलिखेलमै रहेको पतञ्जलि आयुर्वेद मेडिकल कलेजको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।  राष्ट्रपति काभे्रमा आउने भएपछि गृह मन्त्रालय, भारतीय उच्चस्तरीय सुरक्षा निकाय, नेपाली सेना, अनुसन्धानलगायतको टोलीले काठमाडाँै विश्वविद्यालय, पतञ्जलि आयुर्वेद कलेज र होटल द्वारिकाजको निरीक्षण गरेको थियो ।   
भारतीय राष्ट्रपति मुखर्जी आउने भएपछि जिल्लाले सुरक्षा योजनाका बारेमा सुरक्षा निकायका चारवटै निकायसँग बैठक राखिएको निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।  हामीले जिल्लाका राजनीतिक दल र सुरक्षा निकायसँग राष्ट्रपतिको भ्रमणलाई कसरी सभ्य र भव्य बनाउन सकिन्छ भनेर बैठक गरिरहेका छौँ, निमित्त प्रजिअ शर्माले भन्नुभयो, “यहाँका सडक तथा नगर सरसफाइ गर्नेदेखि ढल व्यवस्थापन, खानेपानीलगायत समेत गर्न सुरु गरिसकेको जानकारी दिनुभयो ।

गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया