Edukhabar
विहीबार, ०६ मंसिर २०८१
अभिभावक / विद्यार्थी

अभिभावकत्वको संकट

मंगलबार, ०२ कार्तिक २०७३

जिम्मेवारीले ओतप्रोत र वैधानिकता प्राप्त एक गहन र सारयुक्त हो – अभिभावक । अभिभावकले निर्वाह गर्ने भूमिका नै अभिभावकत्व हो । हाम्रो सन्दर्भमा अभिभावक र अभिभावकत्वले देख्ने र बुझ्नेहरुलाई अनि स्वयं अभिभावकलाई नै गिज्याइरहेको छ, उपहास गरिरहेको छ । शास्वत सत्यले जो संग जे गुण छ त्यो बाहिर परिचयमा आउ“छ भन्ने व्याख्या गर्दछ । जस्तो निवुवा र कागतीले अमिलोको स्वाद दिनै पर्छ । प्रकृतिले नै प्रारम्भमा व्यवस्था गरेको विशेषता हो । त्यस्तै पशुमा पशुुत्व हुनै पर्छ । अनि मान्छेमा मनुष्यत्व जरुरी छ ।

अभिभावकत्वको सन्दर्भमा चर्चा गर्दा परिवारबाट शुरु भै समुदायका अनेक सामाजिक संघसंस्थाहरु हुदै राष्ट्रका अभिभावकसंगको श्रृङखला सम्म पुग्न सकिन्छ । हाम्रा वरपरका विभिन्न संघ संस्थाका अभिभावक देखि विभिन्न राजनीतिक दलहरुका अभिभावक सम्म बुझ्ने प्रयत्न गर्ने हो भने अभिभावकत्व बुझ्नलाई धेरै कठिन छैन । कसले कति अभिभावकत्व निर्वाह गरे भन्ने बुझ्न हाम्रा अभिभावक र वहा“हरुको विशेषता एवम् गुणहरुलाई हेरे पुग्दछ ।

तोकिएका व्यक्तिहरुको हेरचाह, पालनपोषण सहित वैधानिक जिम्मेवारी पूरा गर्दै ती सन्तान अर्थात परिवारका सदस्यको हित र विकासमा लागि आवश्यक पर्ने कर्म नै अभिभावकत्व हो । यस लेखमा प्रसंग उठाउन खोजिएको विषयवस्तु पनि यहि हो । यदि चिनीमा गुलियोपन भएन भने चिनीको अस्तित्व रह“दैन, त्यो अर्कै बस्तुको पहिचान बन्दछ । मनुष्यमा मनुष्यत्व अर्थात मान्छेमा हुनुपर्ने गुण नहुने हो भने मान्छेको परिचय अन्य कुनै अर्को प्राणीसंग जोडिन सक्छ । तसर्थ नाम जोडेर मात्र पुग्दैन ।

अभिभावकत्व, अभिभावकमा हुनै पर्ने अनिवार्य गुण हो । यो गुण संकटमा पर्दा वा नहु“दा नाम मात्रको अभिभावक स्वयं अस्तित्वको सवाल बन्दछ । यहा“ ककसले अभिभावकत्व निर्वाह गरिरहेका छन्, ती सबै व्यक्ति र संस्थाको चिरफार गर्ने हो भने लामै आलेख तयार हुन पुग्दछ । ती प्रसंग हाम्रा तमाम वर्ग तह र पेशासंग लक्षित बन्न सक्छन् ।

यो सिङ्गो शिर्षक चर्चामा ल्याउनु पर्छ, बहसमा उतार्नु पर्छ, विश्लेषण गरीनु पर्छ तबमात्र निश्कर्षमा लैजान सकिन्छ । एउटा परिवारको अभिभावकले अभिभावकत्व कति निर्वाह गरेको छ उसको परिवारका सदस्य कतिको नियमित र अनुशासित छन् बाहिर चर्चा एउटा हुन सक्छ । आन्तरिक वस्तुगत अवस्था भिन्न हुन सक्छन् । स्थिति सतहमा देखिए सुनिए जस्तो मात्र होइन । यदि कुरा एउटा सरकारी वा गैरसरकारी संस्थाका पनि हुन सक्छ । त्यस्तै एउटा राजनीतिक दल जनतामा कतिको स्थापित छ, वा जनताको मन जित्नको लागि त्यस दलका अभिभावकले अभिभावकत्व वहन गर्ने भूमिकासंग लक्षित हुन्छ । यो वास्तविकता हामी सामू छर्लङ्ग छ भ्रम र अन्यौलताले सधै टिक्न टिकाउन कसैलाई पनि सक्दैन । हामीमा स्थापित संस्कार भन्नुनै अर्कालाई दोषारोपण गर्ने र आफू दुधले नुहाएको सावित गर्न लाग्नु देखिएको छ । कमि कमजोरी सच्याउने म बाट यो त्रुटि भएकै हो, मान्छेलेनै गल्ति गर्छ र उहीबाट यो सच्चिन्छ, त्यो नै मानवीय गुण हो ।

हामीले सुनैका छौ, का“चो माटोबाटनै इच्छा अनुरुपको भा“डो कुमालेले निर्माण गर्छ, त्यस्तै बा“सको कलिलो विरुवालाईनै आफूले चाहे तिर झुकाउन सकिन्छ । पाकिसकेको माटो निर्माणमा आउदैन । त्यस्तै छिप्पिएको बा“स हाम्रो चाहनाको दिशामा झुकाउन सकिदैन ।

त्यस्तै यथार्थता हाम्रा बालबालिकामा पनि लागु हुन्छ भन्नलाई कमजोरी सहजै कसैले गर्दैन तर व्यवहार महत्वपूर्ण हो । बालमैत्रि व्यवहारका कुराहरु बालअधिकारका सवालहरु व्यापक उठाइन्छ । ठूलो धनराशि केटाकेटीका पक्षमा र उनीहरुका विकासका नाममा लगानी गरिएको छ । प्रत्येक वर्ष यो निरन्तरतामा कमि छैन, अझ बढिरहेको पाइन्छ । बाल अपराधका बालमैत्रि व्यवहारका कुराहरु बालअधिकारका सवालहरु व्यापक उठाइन्छ । प्रत्येक वर्ष यो निरन्तरतामा कमि छैन, अझ बढिरहेको पाइन्छ । बालअपराधका घटनाहरु, अपहरणका मुद्धाहरु, त्यस्तै बालशिक्षामा आएका समस्याहरु जस्ता कुराहरु सधै सबैका विषय बनेको पाइन्छ ।

केटाकेटी प्रति गम्भिर भनिएका सो अनुरुपका कार्यक्रमको ता“तीनै छन् । एउटा बच्चाले मान्छेको जीवनमा कतिको प्रभाव पार्छ भन्ने विषयमा धेरै विद्वानले सो शिर्षकमा ग्रन्थ तयार गरेका छन् । विश्वव्यापी भनाईहरुको अध्ययन विश्लेषण व्यापक भएको छ । यसरी मुख्यतः निश्चित उमेर सम्मका बालबालिकाको अभिभावक बन्ने काम सबै भन्दा महत्वपूर्ण हो  भन्नु र व्यवहारमा बन्नुका बिच स्वभाविक अन्तर छ नै । बर्तमानका बालबालिकासंग भोलिको यो मूलुकको भविष्य जोडिएको छ । आजका केटाकेटीलाई सबल र सक्षम नागरिक बनाउन सकिएन भने भोली सम्बन्धित परिवार मात्र हैन समुदाय हुदै सिङ्गो राष्ट्रनै विग्रन सक्छ , पछाडी पर्न सक्छ । असफल त बन्छ नै भविष्य पिडायुक्त हुन सक्छ र जीवन ज्यादा पछाडी धकेलिन सक्छ ।

अभिभावकको भूमिका साँचो अर्थमा बहन गर्न सामान्य होइन एउटा बच्चालाई परिपक्व बनाउने काम भन्न जत्तिकै सजिलो छैन । निश्चित त्याग र संघर्ष गर्नु पर्छ नै । भन्न त हामी भन्ने गछौं मैले जे जति गरिरहेको छु त्यो सबै जसो मेरै सन्तानको लागि हो, यदि संस्थासंग जोडिएको छ भने त्यो सबै संस्था विकासको लागि हो भन्ने गरेका छौं । त्यस्तै राष्ट्रका तर्फबाट अभिव्यक्ति आउँदा सबै निति र क्रियाकलाप जनता केन्द्रित हुन् । मेरो व्यक्तिगत स्वार्थ केहि छैन भनेर लामा, चर्का, व्याख्या र भाषणले हामी परिचित छौं । तसर्थ आफ्ना भनाईले अभिभावकत्व निर्वाह गरेको हो वा होइन प्रत्येकले व्यवहारको कसिमा उत्रन जरुरी छ ।

एउटा परिवार सुन्दर र सफल बनाउने हो भने सर्वप्रथम त्यस परिवारमा केटाकेटीको भविष्यप्रति नै गम्भीर र लक्षित बन्दै वर्तमानमा आफ्नो दायित्व र जिम्मेवारी सम्बन्धित अभिभावकबाट पूरा गर्नैपर्छ । बच्चालाई जन्म दिंदैमा, स्कुलमा भर्ना गर्दैमा खान र लगाउन दिदैमा ती बच्चाको अभिभावकको दायित्व पूरा नहुने कुरामा शंका छैन । यस सम्बन्धमा हामीले मनन् गर्नुपर्ने तथ्य भनेको प्रत्येक बालबालिकाको शिक्षा आफ्नै घरबाट शुरु हुन्छ र पहिलो शिक्षक भनेको नै आमालाई बुझाउँछ । यसरी पहिलो स्कुल र पहिलो शिक्षक सक्षम बनाउन हामीले के के गरिरहेका छौं त ? हामी त सतहमा स्कुलले यो वा त्यो गरेन, हाम्रा नानीहरु विग्रिए, कमजोर भए, पछाडि परे भन्दै तमाम दोष अरुमा थोपर्न चाहन्छौं र त्यही गरिरहेका छौं पनि । सबैखाले अभाव, समस्या, गरिबी, अशिक्षाको जरो परिवार नै हो, यहीं बाट यी कुरा जन्मन्छन् वा शुरुआत हुन्छन् ।

केटाकेटीको जन्म भएपश्चात नै उसलाई आवश्यक कुराहरु क्रमशः दिंदै जानुपर्छ । तबमात्र शारीरिक र मानसिक विकास हुन्छ । भन्न त कतिपय कुरा परम्परागत र बंशाणुगतले प्रभाव पार्दछ भन्ने धारणा विज्ञान सम्मत समेत पाइन्छ तर यी संगै वातावरण महत्वपूर्ण पक्ष हो । जसले प्रत्यक्षतः प्रभाव पारिरहेको हुन्छ र यही वातावरणको सवाल अभिभावकत्वसंग गाँसिएको छ । उपयुक्त वातावरणको भूमिका व्यक्तिको जीवनमा व्यापक रहेको यथार्थ छर्लंग छ । केटाकेटीलाई उपयुक्त स्थान र घरदेखि स्कुलसम्मका आम क्रियाकलापहरु वालमैत्री हुनैपर्ने जोड गरिएको छ । सुझाव र अर्ति उपदेशमा हामी अग्रणी नै छौं । स्वयम् आफूमा भने रुपान्तरणको जरुरी महसुस गरिएकै छ । तपसीलका संक्षिप्त बु“दाहरु मार्फत हामी अभिभावकले आफ्नो अभिभावकत्व निर्वाह वारेको कसीमा कति उत्रेका रहेछौं, स्वमूल्याङ्कन गरौं कि–

– आफ्ना बालबालिकाको शारीरिक र मानसिक विकास हुन उनीहरुको निरोगीता र स्वस्थताको महत्व र स्थान सम्बन्धमा हाम्रो जानकारीको स्थिति ।

– केटाकेटीको रुची र चाहनाको विश्लेषण र ती वस्तुहरुको माग आवश्यकतावारे विवेकपूर्ण निर्णय भएको वा नभएको ।

– केटाकेटीले देखासिकी र नक्कललाई उच्च महत्वका साथ लिनेभएकाले उनीहरुको सामुन्ने आफूले गर्ने गरेका क्रियाकलापहरु उनीहरुकै स्थानबाट उचीत अनुचीत महसुस गरी सो अनुकुलको व्यवहार प्रदर्शन ।

– बालबालिकाको सिकाई तिब्रता व्यापक रुपमा हुने भएकाले सिकाई अनुकुलको वातावरणको अवस्था ।

– कस्ता साथीहरुको संगत छ ? फुर्सदको उपयोग कसरी गरिरहेको छ ? अभिभावकसंगको सम्बन्ध कस्तो रहेको छ ?

– लगाउने ड्रेसबारेको केटाकेटीको रुची र आफूले लगाउने भनेर तोकिएको कपडा बीचमा भिन्नता के के देखिएको छ ? कपडाको सिलाई कस्तो चाहेको छ ? फिल्मी दुनिया“ हिरो हिरोनीको प्रभाव कत्तिको परेको छ ? उक्त अवस्था बारेको जानकारी ।

– आफ्ना बालबालिकाको लवाई, खवाई, हिडाई, बोलीचाली लगायतका व्यवहार मर्यादापूर्ण, पाच्य र अनुशासित छन् छैनन् सोको पूर्ण जानकारी र हस्तक्षेप ।

– प्रत्येक नकारात्मक प्रवृत्तिमा कडा हस्तक्षेप, आवश्यकता अनुसारका दण्ड, अनुशासनहीनतामा कुनै पनि तरहको संझौता र त्यसको दीर्घकालिन असर बारे ।

– आवश्यकता अनुसारको माया ममतामा कमजोरी भयो कि ? दण्ड अनावश्यक र बढि भयो कि ? यस बारेको विश्लेषण र निष्कर्ष ।

–    बालमनोविज्ञान सवभन्दा महत्वपूर्ण पक्ष हो, यसलाई बुझ्ने र सो अनुरुप आफूले चाहेको सहि मार्गमा हिडाउन तदअनुरुपको व्यवहारवारेको समिक्षा ।

– आफ्ना बालबालिकालाई प्रदान गरिएको समय, उनीहरुको आवश्यकता र प्रगती बारेको आपसी विचार आदान प्रदान तथा समस्या समाधान गरिएको अन्तरक्रिया ।

– बालबालिका साम्मु ठट्टागर्नुे, जिस्कीने, झुटोबोल्ने जस्ता काम कत्तिको भएको यसको प्रभाव उनीहरुमा हेर्ने र यी क्रियाकलाप नियन्त्रण सम्बन्धमा आफ्नो भुमिका ।

अन्तमा, शिक्षाले व्यक्तिको व्यवहारमा परिवर्तन गर्नै पर्छ । व्यवहार परिवर्तनको श्रोत शिक्षा हो र शिक्षा व्यक्तिको चेतनामा निर्भर गर्दछ । शिक्षा प्राप्ती वा प्रदान भनेको कितावी कोरा ज्ञानमा मात्र सिमित छैन । स्कूलमा हाम्रा केटाकेटीले कूल छ घण्टा विताउने गर्छन् भने बा“की १८ घण्टा समय घरमा, बाटोमा, साथीसंग तथा खेलमा र अन्य क्षेत्रमा बिताउने हु“दा उक्त समयको संगै नानीहरुको क्रियाकलाप बारे निगरानी राख्नै पर्छ ।

आफ्ना केटाकेटी खराब तल, संगतमा परि विग्रदा अन्य व्यक्ति वा स्कूललाई दोषारोपण गरेर मात्र समाधान हुदैन । केटाकेटीको मस्तिष्कको विकास भनेकै १५ वर्ष उमेर सम्ममा पूरा भै सक्छ । विशेष गरी बाह्य दुवै खाले सकारात्मक वा नकारात्मक प्रभाव स्कुलमा पढ्ने उमेर १२ देखि १८ वर्ष सम्म नै हो । यो अवस्थामा अभिभावकको भुमिका प्रधान हुनै पर्छ ।

केटाकेटीले माग गर्दैमा, झगडा गर्दैमा नकारात्मक प्रभाव पार्ने वस्तुहरु उपलब्ध गराउनु पर्छ भन्ने छैन । देखासिकीमा कहिल्यै पनि प्रवेश गराउन हुन्न । त्यस्तै संघसंस्था र राजनीतिमा समेत निश्चित अनुशासनको जरुरी पर्छ नै । अनुशासन हीन मान्छे र पशुमा भिन्नता हुदैन । तसर्थ अनुशासनका पाठ र व्यवहारमा कडा उत्रनु अभिभावकको दायित्व हो, जुन परिवार देखि राष्ट्रियतहसम्मका सबै क्षेत्र र स्थानमा जरुरी छ र सफल जीवनको मुख्य आधार हो ।

- लामिछाने  बंश गोपाल उच्च मावि, मकवानपुर, हेटौंडाका प्राचार्य हुन्

प्रतिक्रिया