Edukhabar
आइतबार, ०२ मंसिर २०८१
गतिविधि

शिक्षा मन्त्रीले भने, ‘सीपलाई प्रविधिसँग जोड’

शनिबार, २९ असोज २०७३

भक्तपुर । शिक्षामन्त्री धनीराम पौडेलले आफूसँग भएको सीपलाई आधुनिक प्रविधिसँग जोड्न शिल्पकार समुदायसँग अनुरोध गरेका गरेका छन् ।

शिल्पकार समाज नेपालले भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा शिक्षा मन्त्री पौडेलले सिप र शिल्पकै कारण नेपालले अन्तर्राष्ट्रिय छवि कायम गर्न सफल भएको जनाउँदै सिपलाई प्रविधिसँग नजोडिए परम्परागत सिप नयाँ पुस्तामा हस्तान्तरण गर्न नसकिने बताए ।

‘परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोड्न सक्यौं भने इतिहास बन्छ ।’ देशभरका शिल्पकार समुदायबाट शैक्षिक सत्र २०७२ सालको प्रवेशिका परीक्षा उत्तीर्ण विद्यार्थीहरुको सम्मानमा आयोजित उक्त कार्यक्रममा मन्त्री पौडेलले भने ।

सोही कार्यक्रममा उनले काठमाडौं उपत्यका, बनेपा, पोखरालगायतका स्थानबाट एसएलसी उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान पत्र प्रदान गर्दै भूकम्पपछिको पूनर्निर्माणको काम गर्दा परम्परागत कला र सीपलाई बिर्सन नहुने उल्लेख गरेका थिए ।

कार्यक्रम आयोजक समितिका अध्यक्ष पुरुषोत्तम शिल्पकारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा श्रीपद्म उमाविका प्राचार्य राम हाडा, आयोजक समितिका उपाध्यक्ष गणेशभक्त शिल्पकारलगायतले बोलेका थिए ।
उपाध्यक्ष शिल्पकारले कार्यक्रममा विभिन्न विद्यालयका ४७ जना विद्यार्थीहरुलाई सम्मान गरिएको जानकारी दिए ।

 

 

प्रतिक्रिया