Edukhabar
मंगलबार, ०१ असोज २०८१
जिव्रो

राहत बितरण र पुनःस्थापनामा यसो गर्ने कि !!

शुक्रबार, ०१ जेठ २०७२
Dk Dhungana

१. संविधानसभा निर्वाचनका बेला तय भएको मतदान केन्द्र स्तरीय सुरक्षा निकायको साथमा सर्वदलिय सयन्त्र निर्माण गर्ने।

२. सयन्त्रले त्यस क्षेत्रका मतदातालाई घरधुरीका आधारमा गणना गरि लगत बिबरण उठाई एक द्वार प्रणालीबाट राहत बितरण गर्ने।

३. म्यादी प्रहरीको रूपमा प्रयोग गरिएको जनशक्ति(प्रभावित क्षेत्र बाहिरका)लाई तत्काल १ वर्षका लागि नियुक्त गर्ने।

४. बिश्वबिधालयमा पढिरहेका बिद्यार्थीहरुलाई वा कुनै पनि इच्छुक युवाहरूलाई स्वयंसेवकको रुपमा काम गर्न आव्हान गर्ने।

५. देश निर्वाणका लागि "रास्ट्रनिर्माण सहयोग कोष" स्थापना गर्ने।

६. अधिकार सप्पन्न स्वतन्त्र पुनःस्थापना तथा पुनर्निवाण रास्ट्रीय समिति गठन गर्ने।

७. राजनैतिक सहमति कायम गरि ५ वर्ष देश निर्माणमा लाग्ने।

ढुङ्गाना निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सनका महासचिव हुन्

प्रतिक्रिया