Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

२६ हजार भन्दा धेरैले चाहेनन् स्थायी शिक्षक हुन

सोमबार, १८ साउन २०७२

भक्तपुर १८ साउन / स्थायी शिक्षकको परीक्षाका लागि आवेदन भरे पनि २६ हजार भन्दा धेरैले परीक्षा नदिएको शिक्षक सेवा आयोगले जनाएको छ । गत असार २५ र २६ गते भएको माध्यामिक र निम्न माध्यामिकको परीक्षामा सहभागि हुन आवेदन भरेर पनि २६ हजार ६ सय ६८ जनाले परीक्षामा सहभागिता नजनाएको फेला परेको हो ।

सबै भन्दा धेरै नेपाली विषयका लागि आवेदन भरेकाहरु परीक्षामा सहभागि नभएको फेला परेको छ । मावि र निमावि गरेर नेपालीमा मात्रै ९ हजार ३० जनाले परीक्षा दिएनन् । 

माध्यामिकमा कम्प्युटर र निम्न माध्यामिकमा संस्कृत साहित्य बाहेक सबै विषयमा आवेदन भरेका मध्ये कमले मात्रै परीक्षा दिएका छन् । मावि कम्युटरमा आवेदन भरेका १५ र निमावि संस्कृत साहित्यमा आवेदन भरेका सबै १५ जनाले नै परीक्षा दिएका छन् ।

आवेदन दिएर पनि परीक्षामा सहभागि नहुने मध्ये सबै भन्दा धेरै निमावि नेपालीमा ७ हजार ४ सय २६ जना छन् । आवेदन भरेका ४४ हजार ३ सय १९ मध्ये ३६ हजार ८ सय ९३ जना मात्रै परीक्षामा सहभागि भएको आयोग श्रोतले जनाएको छ ।

यस्तै निमाविकै सामाजिकमा ६ हजार ३ सय ६६ जनाले परीक्षा नदिएको आयोग श्रोतले जनाएको छ । आवेदन भरेका ३१ हजार ३ सय ६५ मध्ये २४ हजार ९ सय ९९ मात्रै परीक्षामा सहभागि भए । निमाविकै अँग्रेजीमा फारम भरेका २३ हजार ८ सय ९५ मध्ये १९ हजार ९ सय २९ जना मात्रै परीक्षामा सहभागि भए अर्थात् ३ हजार ९ सय ६६ ले परीक्षा दिएनन् ।

यसै गरी गणितमा आवेदन भरेका १३ हजार ४ सय ४९ मध्ये ११ हजार ३ सय ३४ जनाले मात्रै परीक्षा दिए । माध्यामिक तर्फ सबै भन्दा धेरै सामाजिकमा १ हजार ७ सय ८५ जनाले आवेदन भरेर पनि परीक्षामा सहभागि भएनन् । परीक्षा दिएका १२ हजार १ सय ४७ मध्ये १० हजार ३ सय ६२ जना मात्रै सहभागि भएका छन् । यस्तै नेपालीमा १ हजार ६ सय ४ जना परीक्षामा सहभागि भएनन् । आवेदन भरेका १२ हजार २ सय ५१ मध्ये १० हजार ६ सय ४७ जना मात्रै परीक्षामा सहभागि भए । यस्तै अँग्रेजीमा आवेदन भरेका १० हजार २ सय ८१ मध्ये ८ हजार ८ सय ४२ जना मात्रै परीक्षामा सहभागि भएका छन् ।

यसैगरी गणितमा आवेदन भरेका ५ हजार ६० मध्ये ४ हजार ३ सय ८०, विज्ञानमा १ हजार ६ सय ४२ मध्ये १ हजार ४ सय ५३, स्वास्थ्य तथा जनसंख्यामा १ हजार ६ सय ७३ मध्ये १ हजार ३ सय ९०, अर्थशास्त्रमा ३ सय ९४ मध्ये ३ सय २२, शारिरिकमा ६२ मध्ये ४४, लेखामा ७ सय ६८ मध्ये ६ सय ८५, शिक्षामा ४२ मध्ये १७ जनाले मात्रै परीक्षा दिएका छन् । यस्तै संस्कृत ब्याकरणमा ७ मध्ये ६, संस्कृत साहित्यमा १० मध्ये ४ र संस्कृत भाषामा २० मध्ये १७ जनाले परीक्षा नदिएको आयोगले जनाएको छ ।  

निमाविको विज्ञानमा आवेदन दिएका २ हजार ७ सय ५४ मध्ये २ हजार ३ सय ५६ र गणित विज्ञानमा १ हजार ७ सय ६२ मध्ये १ हजार ५ सय ५३ जना परीक्षामा सहभागि नभएको आयोग श्रोतले जानकारी दियो ।

प्रतिक्रिया