Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

प्रअ कुट्नेलाई कारबाहीको माग

बुधबार, १९ असोज २०७३

काठमाडौं १९ असोज / अखिल नेपाल शिक्षक संगठन खोटाङले आफ्नो संगठनका नेतामाथि कुटपिट गर्ने दोषीलाई सख्त कारबाही गर्न माग गरेको छ । संगठनका जिल्ला सचिव तथा रत्नराज्यलक्ष्मी निम्नमाध्यमिक विद्यालय, कुभिन्डेका प्रधानाध्यापक शेखर पोखरेलमाथि कुटपिट भएकोमा घोर भत्र्सनासमेत गरेको छ ।

सो घटनामा संलग्न खार्पा–५ का भुवन परियारमाथि आवश्यक कारबाही गर्न माग संगठनले गरेको हो । विद्यालयबाट घर फर्कने क्रममा शिक्षक पोखरेललाई गत शुक्रबार खार्पाको कल्लेरी खोलामा परियारले कुटपिट गरेका थिए । परियारले मातेको अवस्थामा पोखरेलमाथि सांघातिक आक्रमण गरेको संगठनको दाबी छ ।

राजधानीमा प्रकाशित खबर ।

प्रतिक्रिया