काठमाडौं १७ असोज / आवश्यक फर्निचर रभ झ्यालढोकाको अभावमा बाँकेको बनकट्टी ४ मा रहेको श्रीमाध्यमिक विद्यालयको दुईतले नयाँ भवन प्रयोगविहीन भएको छ ।
निर्माण पूरा गरिएको भए पनि आवश्यक फर्निचरको अभावमा नयाँ भवन प्रयोग गर्न नसकिएकाले दैनिक कक्षा सञ्चालनमा कठीनाई हुँदै आएको छ ’विद्यालयका शिक्षक भण्डारीलाल यादवले भने । उनले माध्यमिक तहका विद्यार्थीलाई कक्षाकोठा अपुग भएकाले अन्य कक्षाका विद्यार्थीको सेक्सन घटाएर बाँकी रहेको कोठामा कक्षा ९ र १०का विद्यार्थीलाई पढाउँदा विद्यार्थीको पढाइमा असर पुगेको बताए ।
जिल्ला शिक्षा कार्यालय बाँककोे २०७१ म २४ लाख सहयोगमा चारकोठा सहितको दुईतले भवन निर्माण गरिएको सो भवनमा अहिलेसम्म झ्याल ढोका र आवश्यक फर्निचर राख्न नसकिएको विद्यालयका विघटित व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बिकले जानकारी दिए ।
राजधानी दैनिकमा रुद्र सुवेदीले लेखेको खबर ।
प्रतिक्रिया