Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

धार्मिक दुष्प्रचारप्रति प्राध्यापकको ध्यानाकर्षण

आइतबार, १६ असोज २०७३

काठमाडौं १६ असोज / सनातन धर्म, संस्कृति र संस्कार विषयमा सरोकारवाला तथा संघसंस्थाबाट ‘अनर्गल प्रचार भएको’ भन्दै नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकिका सम्पूर्ण शास्त्रीय विभागाध्यक्ष भेलाले आपत्ति जनाएको छ ।

दिन, महिना र वर्ष घटाउने, १६ संस्कारअन्तर्गतका संस्कारमा भएका नियम जबर्जस्ती परिवर्तन गर्न खोज्ने, शास्त्रीय वचनलाई विनाप्रमाण विरोध गरी दुष्प्रचारका साथै समूल नाश गर्नेजस्ता क्रियाकलाप भएकोप्रति भेलाले विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो । अपौरुषेय वेद, श्रुतिस्मृति, धर्मशास्त्र, पुराण, इतिहासका साथै त्रिकालदर्शी ऋषिमहर्षिहरूको तपोबलबाट निःसृत सनातन धर्मअन्तर्गत संस्कार, आचारविचार, व्यवहार र जीवनपद्धतिको विरोध गर्नु आफ्नै मौलिकता वा पुर्खाकोे विरोध गर्नुरहेको भेलाको ठहर छ ।

‘सामन्ती युग आरम्भसँगै सुरु केही विकृति–विसंगति हटाउनुको सट्टा पूरै धर्मसंस्कृतिमाथि आघात पर्नेगरी कुनै विधर्मीको आर्थिक लगानी र केही दलका सीमित भक्तको प्रायोजित प्रवाद  र प्रयासबाट परिवर्तन गर्न खोज्नु गलत हो,’ भेलाको निष्कर्ष छ ।

राजधानी दैनिकमा प्रकाशित खबर ।

प्रतिक्रिया