Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

आधारातमा जिशिअ सरुवा - को कहाँ ?

शनिबार, १५ असोज २०७३

काठमाडौं - शिक्षा मन्त्रालयले शुक्रबार आधारातमा जिल्ला शिक्षा अधिकारीहरुको सरुवा गरेको छ । उपत्यकाका भक्तपुर, ललितपुर सहित नुवाकोट, तनहुँ, मनाङ्, महोत्तरी सहितका २५ जिल्लाका जिशिअलाई यथावत राखि अन्य जिल्लामा सरुवा गरिएको मन्त्रालय श्रोतले जनाएको छ ।

जस अनुसार काठमाडौंका जिशिअ शंकर गौतमलाई कास्कि सरुवा गरिएको छ । यस्तै काठमाडौंमा शैक्षिक जनशक्ति विकास केन्द्रका जय आचार्यलाई ल्याईएको छ । उपत्यकाका तीन जिल्ला, पूर्वि तराईको झापा, मोरङ्, सुनसरी, मध्य नेपालका चितवन, कास्कि र पश्चिम तराईका रुपन्देही, काँके, कञ्चनपुर जस्ता केही जिल्लाहरुलाई आर्कषणका रुपमा लिने गरिन्छ ।

* मकवानपुरमा विरेन्द्रजंग थापा, चितवनमा गोविन्द अर्याल, रामेछापमा दिनानाथ गौतम, सिन्धुपाल्चोकमा निर्मल घिमिरे काभ्रेमा नन्दलाल पौडेलको सरुवा गरिएको छ । आफु निकटका जिल्ला शिक्षा अधिकारीलाई कुन जिल्लामा पठाउने भन्ने जोडघटाउ नमिल्दा शुक्रबार आधारात सम्म पनि सरुवाको निर्णय हुन सकेको थिएन ।

अपटेड :

यसैगरी सुनसरीमा रुद्र दुलाल, उदयपुरमा हरीहर धिताल, धनकुटामा रामबहादुर थापा, सर्लाहीमा होमनाथ सुवेदी, सुर्खेतमा जितबहादुर शाह र धादिङ्मा दामोदर आचार्यलाई जिशिअ बनाईएको श्रोतले जनाएको छ ।

शुक्रबार राती अबेर भएको सरुवाको निर्णय मन्त्रालयले शनिबार ढिलोगरी वेभसाईट मार्फत सार्वजनिक गरेको छ ।

हेनुहोस् मन्त्रालयले गरेको सरुवाको विस्तृत विवरण :

 

नासु देखि उपसचिव सम्मको सरुवा गरिएको मन्त्रालय श्रोतले जनाएको छ ।

शिक्षा मन्त्रालयमा जिशिअ सरुवाका बेला निकै ठूलो आर्थिक चलखेल हुने आरोप लाग्दै आएको छ । मालदार भनिने जिल्लामा जान चाहने जिशिअहरुबाट आफूलाई हुने फाईदाका बारेमा जोड घटाउ नमिल्दा आधारात सम्म पनि निर्णय हुन नसकेको मन्त्रालय श्रोतको दावी छ ।

पढ्नुहोस् : जिशिअ सरुवाको सकस, आधारात सम्म जोडघटाउ !

सरकार परिवर्तनमा भएको ढिलाईका कारण साउन मसान्त भित्र हुनु पर्ने कर्मचारीहरुको सरुवा यस बर्ष ढिलो भएको हो ।

सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवाको बाटो खोलिदिन लोकसेवा आयोगमा गरेको पत्राचारलाई सरकारले राजनीतिक निर्णय गरेर कर्मचारी सरुवाको बाटो खोले पछि सरुवाको म्याद असोज १५ गते सम्म तोकिएको थियो ।

यो पनि पढ्नुहोस्  : जिशिअ सरुवाको तयारी, मन्त्री निकट कर्मचारी सूचिलाई अन्तिम रुप दिन ब्यस्त

* सच्याईएको - सं.

प्रतिक्रिया