Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

विद्यार्थीलाइ झोला, जुत्ता, चप्पल, चस्मा, लुगा, खेलौना, कलर बक्सलगायतका सामान वितरण

शनिबार, १५ असोज २०७३


काठमाडौं १५ असोज / कार्निट नेपाल नामक संस्थाले मोरङको भाथिगछ गाविसस्थित सामुदायिक विद्यालयका विद्यार्थीबीच ४० लाख रुपैयाँ बरावरका सामान वितरण सुरु गरेको छ ।

गाविस अन्तर्गतका ११ विद्यालयका दुई हजार विद्यार्थीबीच एउटा बक्सामा दुई हजार मूल्य बराबरका झोला, जुत्ता, चप्पल, चस्मा, लुगा, खेलौना, कलर बक्सलगायतका सामान वितरण गरिएको संस्थाका पूर्वाञ्चल संयोजक मोहन लिम्बूले जानकारी गराए ।

गाविसमा दुईदिने कार्यक्रमअन्तर्गत सो गाविसमा बिहीबार काली निमावि बेरिया, हरिनगरा प्रावि, सुन्थाल प्रावि र आदर्श निमावि भाथिगछमा १६ लाख मूल्य बरावरका सामान वितरण गरिएको हो ।

नेपाली कांग्रेसका जिल्ला सदस्य नवराज पाण्डेले कार्निट नेपालले सामान उपलब्ध गराएकोप्रति धन्यवाद प्रकट गर्दै यस माध्यमबाट विद्यार्थीको मनोबल उच्च हुने विश्वास व्यक्त गरे ।

बिआइसी नामक संस्थाद्वारा सोही गाविसका छवटा सामुदायिक विद्यालयका एक हजार दुई सय विद्यार्थीबीच २४ लाख रुपैयाँको सामान वितरण गर्ने बताइएको छ ।

कारोबार दैनिकमा विद्यार्थीलाइ ४० लाखको सामान वितरण शिर्षकमा प्रकाशित खबर ।

 

प्रतिक्रिया