भक्तपुर– शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले माध्यमिक तह देखि नै प्राविधिक शिक्षा लागू गर्नु पर्नेमा जोड दिएका छन् ।
भक्तपुरको श्रीपद्म उमावि/कलेजले आयोजना गरेको छात्रबृति वितरण कार्यक्रममा उनले नेपालको शिक्षा निति नै परिवर्तन गरेर माध्यमिक तहदेखि नै व्यवहारिक रुपमा लागू हुने प्राबिधिक शिक्षामा जोड दिएका हुन् ।
कार्यक्रममा उनले सो विद्यालयमा अध्ययनरत २ सय ३२ जना बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेका थिए । शिक्षा मन्त्रालय अन्तर्गतको दलित, छात्रा, जेहेन्दार छात्रवृत्तिले विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुगेको र अभिभावकहरु लाभान्वित भएको विद्यालयका प्राचार्य राम हाडाले जानकारी दिए ।
कार्यक्रममा भक्तपुर जिल्लाका जिशिअ अर्जुन रायमाझि *, स्रोतव्यक्ति सरोजकुमार दत्त, विद्यालय निरीक्षक सविता बरालको उपस्थिति थियो । कार्यक्रम विव्यस अध्यक्ष अनन्त धौभडेलको सभापतित्वमा भएको थियो ।
* सच्याईएको - संं.
प्रतिक्रिया