Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

जिशिअ सरुवाको तयारी, मन्त्री निकट कर्मचारी सूचिलाई अन्तिम रुप दिन ब्यस्त

शुक्रबार, १४ असोज २०७३

काठमाडौं - शिक्षा मन्त्रालयले जिल्ला शिक्षा अधिकारीहरुको सरुवाको तयारी अन्तिम चरणमा पुर्याएको छ । शुक्रबार कम्तिमा ५० जना जिशिअ सहित एक सय जना उपसचिवको सरुवा गर्ने तयारी गरेको मन्त्रालय श्रोतले जनाएको छ ।

शुक्रबार विहानै देखि मन्त्री धनीराम पौडेलको निजी सचिवालयका कर्मचारी सरुवा सूचि तयार गर्न ब्यस्त छन् । मोवाईल स्विच अफ गरेर मन्त्री निकट मन्त्रालयका कर्मचारी सहित सचिवालयका कर्मचारी सूचिलाई अन्तिम रुप दिन व्यस्त रहेको मन्त्रालय श्रोतले जनाएको छ ।

सरकार परिवर्तनमा भएको ढिलाईका कारण साउन मसान्त भित्र हुनु पर्ने कर्मचारीहरुको सरुवा यस बर्ष ढिलो भएको हो । सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवाको बाटो खोलिदिन लोकसेवा आयोगमा गरेको पत्राचारलाई सरकारले राजनीतिक निर्णय गरेर कर्मचारी सरुवाको बाटो खोलेको हो । सोही अनुसार गत भदौ २४ गते मन्त्रालयले सहसचिवहरुको सरुवा गरेको थियो ।

प्रतिक्रिया