काठमाडौं - मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता भएको छ । विहीबार बसेको मन्त्री परिषद्को बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको स्वास्थ मन्त्री गगन थापाले जानकारी दिए ।
यसैगरी सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को नाम परिवर्तन गर्ने निर्णय गरेको छ । न्याम्सको नाम परिवर्तन गरी मनमोहन स्मृति चिकित्सा विज्ञान प्रतिष्ठान राख्ने निर्णय गरेको हो । यसैगरी बैठकले संसदमा विचाराधीन विधेयक पारित नभएसम्म नयाँ सम्बन्धन नदिने निर्णय गरेको छ भने न्याम्सको ऐन संशोधनका लागि संसदमा पठाउने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया