१० बर्ष पछि म फेरी शिक्षा विभागमा आएँ । १२ बर्षमा खोलो फर्कन्छ भन्थे म १० बर्षमै फर्के । २०६३ सालमा शिक्षा विभागमा अनुसन्धान शाखामा थिएँ । मिडियासंगको मेरो कसिलो सम्बन्ध त्यतिबेलै देखिको हो । जुन अहिले सम्म पनि अनवरत छ ।
शिक्षा विभागको महानिर्देशकको यो कुर्चि सम्मको मेरो यात्रामा यहाँहरुको सद्भाव र सहयोग छ । यसलाई मैले कत्तिको विश्वसनीय र दिगो बनाउने हो भन्ने कुरा महत्वपूर्ण हो । शिक्षा विभागमा केही परिवर्तन गर्नु जरुरी छ भन्ने कुरा मिडियाको खवरदारीले र मैले मेरो अन्तस्करणबाट पनि महसुश गरेको छु ।
यसको थालनी कसरी होस् भन्ने कुरा मिडियाकै साथीहरुबाट सल्लाह गरेर अघि बढ्ने मेरो सोच हो । म जुन सुकै निकायमा हुँदा पनि मेरो पहिलो भेट पत्रकार साथीहरुसंग भएरै हुन्थ्यो । चाहे जिल्लामा होस् चाहे केन्द्रमा ।
यद्यपी मेरो सरुवा भदौ २४ गते भएको हो । सरुवा पत्र र पाठ्यक्रम विकास केन्द्रको रमाना लिएन विभाग आउँदा २४ गतेको ३ बजेको थियो । त्यो दिनको भोलीपल्ट देखि स्टाफ कलेजमा जारी तालिममा सहभागि छु । सचिवको लागि पूर्व तयारी तालिममा भाग लिनु पर्ने भएकोले यो विचमा म त्यतै ब्यस्त भएँ । मैले यो तालिम धेरै अघि लिनु पथ्र्यो । म भन्दा पछिका सहसचिव साथीहरुको नाम सचिवको उम्मेद्वारको सिफारिसको लिष्टमा आउन थालिसक्यो म भने यो तालिम नै नलिएर पछि पर्दै छु । यस पटक पनि तालिम छाडेँ भने सचिवको सम्भावनाको ढोका बन्दै हुने भएकोले तालिममा सहभागि भएको हुँ । यही बेला म यो जिम्मेवारीमा आईपुगेँ ।
त्यसैले गर्दा म विभागका कुनै कुनै शाखामा अझै पनि पसेको छैन । पुरानै चिनेका साथी बाहेक म नयाँ कतिपय साथीलाई चिन्दिन पनि । आज दिनभरी अफिस बसेर काम गर्ने पहिलो दिनको सुरुवात पत्रकार साथीहरुको यो छलफलबाट गरेको हुँ ।
अब म कसरी अघि जाउँ ? मेरो तपाईहरुसंग यत्ति प्रश्न छ । विभाग कसरी अघि जाने हो ? भन्ने बारेमा तपाईहरुको सल्लाह चाहन्छु । हिजो पनि तपाईहरुले मलाई सल्लाह दिनु भएकै हो । पाठ्यक्रम र पाठ्यपुस्तकका बारेमा तपाईहरुकै सल्लाहले शिक्षा जिवनोपयोगी भएन, शिक्षाले बेरोजगारहरुको हुल उत्पादन गर्यो । पाठ्यक्रम समसामयिक भएन । पाठ्यक्रममा नभएर शिक्षा प्रणाली पाठ्यपुस्तकमा बञ्देज भयो, त्यसकारण पाठ्यक्रममा आधारित शिक्षण सिकाइ होस्, त्यस तर्फ जान शिक्षा जिवन उपयोगी हुनु पर्छ भन्ने यहाँहरुको सल्लाह अनुसार नै मैले पाठ्यक्रम विकास केन्द्रमा हुँदा काम गरेँ ।
जिवन उपयोगी शिक्षाको त्यो काम साङ्गो पाङ्गो लाग्न सकेन । तर त्यो कुरा विभागसंग पनि जोडिएको विषय भएकोले त्यो कुरालाई विभागसंग एकाकार बनाएर कसरी लैजाने भन्ने कुराको फेरी सल्लाह चाहन्छु ।
राम्रो काम गर्न तन, मन र धन
म र मेरो टिम जति दिन विभागमा बस्छ, त्यसका लागि अगाडीको रोड म्याप बनाएर चल्ने मनशाय छ । राम्रो काम गर्न तन, मन धन मिल्न पर्छ भनिन्छ । तन भन्नाले भौतिक जनशक्ति, धन भन्नाले बजेट र अर्को मन मिल्नु पर्दो रहेछ । शिक्षामा धनको कुरा गर्दा पुग्दो श्रोत साधन छ जस्तो लाग्छ मलाई । यदि त्यसो नभएको भए धेरै बजेट फ्रिज भएर जाँदैनथ्यो । अर्बौ रुपैंया फ्रिज भएर जाने गरेको छ । यसको मतलव श्रोत साधन नपुग्दो हैन । तनको कुरा गर्दा शिक्षामा जनशक्ति ब्यवस्थापन गर्न नसकेर उपसचिवको हुल भएको छ ।
भन्नाके मतलव जनशक्ति चाहिने भन्दा नी अलिकती बढी छ, धन चाहिने जत्ति छ, अलिकति मनहरु चाँही कुँडिएका छन्, अलिकति टुटेका मनहरु छन्, अलिकति ठुस्केका मनहरु छन् । यी सबै कुरालाई मिलाएर एकै ठाउामा जोडेर लान सकियो भने, शिक्षाका उद्धेश्य पुरा गर्न सकिन्छ ।
सिङ्गै मुलुक जस्तै हामी पनि परिवर्तको संघारमा छौं । शिक्षा पनि सक्रमणकालिन प्रवन्धबाट गेज्रिरहेको छ । यही विचमा अन्र्तराष्ट्रिय सन्दर्भमा हेर्दा विश्व शिक्षा सम्मेलन ईञ्चनले सन् २०३० सम्मको एउटा बाटो तय गरेको छ । समावेशी शिक्षा, निरन्तर शिक्षा, शिक्षामा समानता र पहुँचका कुरा यसमा समाबेश छ ।
२५ बर्ष सम्म पनि उस्तै ?
आज मलाई २०४८ सालको माघमा लोकसेवा आयोगको शाखा अधिकृतको परीक्षा दिन जाँदाको घटना याद आईरहेको छ । राममोहन महतो, केदारनाथ शर्मा र अर्को एक जना जसको नाम विर्से उहाँहरु ३ जनाले अन्र्तवार्ता लिनु भयो । उहाँहरुले मलाई सोध्नु भयो तपाई त लिखित पास गरेर आउनु भयो, शिक्षाको समस्या के के हुन् लौ भन्नुहोस् ?
मैले त्यतिबेला जे जे भनेको थिएँ आज २५ बर्ष भएछ जागिर खाएको शिक्षाका ति समस्या ज्यूँ का त्यूँ रहेछन् !
तिनै समस्याको सेरोफेरोमा हामी अल्झिरहेका रहेछौं । शिक्षामा अवसर, गुणस्तर र ब्यवस्थापन सुधारको कुरा नै समस्या हो । यो विचमा जति पनि ठूला साना कार्यक्रम आए ति सबैको मुख्य कुरा यी नै एक्सेस, क्वालिटी र म्यानेजमेण्ट नै छन् । अझै पनि यी तीन वटै कुराको सेरोफेरोमा समग्र शिक्षा प्रणाली गईरहेको छ ।
कहिले काँही मलाई शिक्षामा यत्रो २५ बर्ष काम गरेर रिटायर्ड हुने बेलामा के भयो त शिक्षामा ? भन्दा केही हुन्न की झैं डर लाग्न थालेको छ । गर्व गरेर भन्ने, यो हो नी त मेरो कार्यकालमा भएको भन्ने कुरा निधार खुम्च्याएर सोच्नु पर्ने अवस्था छ ।
त्यसकारण शिक्षाका समस्या समाधानमा यो बर्ष यो काम, यो महिना यो काम सकियो, यसको यसरी टुङ्गो लगाईयो, अव यो काम गर्ने भन्ने बाटो तिर जानु पर्ने छ । यो पाटो सकियो अव यो अध्याय शुरु गर्ने भन्ने तिर नभएर जहिले पनि त्यहीँ घुमिरहने अवस्थाबाट मुक्ति पाउन के गर्नु होला ?
यद्यपी गर्नु पर्ने काम धेरै छन् । तर सेलेक्टिभ बनेर कम्तिमा यी यी काममा विभागको टिमले काम गर्नु पर्ने छ भन्ने गरी सुझावको अपेक्षा गरेको छु । किन भने फ्रेस मुडमा फ्रेस मानसिकताले काम गर्ने योजना अनुसार हाम्रो टिम लागि रहेको छ ।
मिडिया र विभाग
मिडियासँग सहकार्य विना काम प्रभावकारी हुन सक्दैन भन्ने मेरो बुझाई हो । मलाई १० बर्ष अघिको एउटा घटना याद छ । मिडियासँग धेरै नजिक भयो भन्ने म माथि आरोप लाग्थ्यो । सिष्टम भित्रै पनि मेरो आलोचना हुने गथ्र्यो । त्यतिबेला एक जना पत्रकार साथीले नाम नभनौं तत्कालिन महानिर्देशक जनार्दन नेपाललाई खोज्नु भाको रैछ, पाउनु भएन, त्यसपछि निर्देशकलाई खोज्नु भयो पाउनु भएन, म सूचना शाखा हेर्ने मलाई खोज्नु भो मलाई पनि भेट्टाउनु भएन । उहाँलाई समाचर लेख्नु त थियो ।
खोज्दै जाँदा यही अड्डाको एक कर्मचारीसँग सोध्नु भएछ । ती कर्मचारीले जे भने त्यही समाचार आयो । भोली पल्ट मलाई खुबै आलोचना भयो । मैले खोजि गरेँ । समाचार लेख्ने साथीलाई सोँधे । कसरी पुग्यो ? त्रिकारसाथीले भन्नु भो मैले पहिला खोजेका माहनिर्देशक त्यसपछि निर्देशक त्यसपछि तपाई पनि फेला नपरेपछि जसले सूचना दियो त्यही आधारमा लेखेँ भन्नु भयो । यसको कारण विभाग नै हो । किन भने सही सूचना प्रसारित भएन भने गलत शन्देश जान्छ । सरुवाको कुरा रोकियोस् कुनै आपत्ति छैन तर मिडियाले खोजेका सूचना समयमा दिने काममा कुनै सम्झौता हुँदैन ।
भूकम्प र पुर्ननिर्माण
मैले विभागको कामको रफ्तारको बारेमा अत्यन्तै कम बुझेको छु । मैले अघिनै भने मेरो आज पहिलो दिन भनेर । विभागका सबै शाखामा पसेको पनि छैन, कार्यक्रमनै हेरेको छैन । भूकम्पका कारण ध्वस्त भएका विद्यालयको निर्माण गर्न थुर्पै एनजीओ आईएनजीओले हजारौं कक्षा कोठा बनाउने कुरा गरे रे तर ती आएनन् रे भन्ने सुनेको छु । जसले कवुल गरेका छन् र बनाएका छैनन् ती सबैलाई म अव तुरुन्तै बोलाउँछु र सोध्छु कक्षा कोठा बनाउँछु भन्ने तपैंहरु कहिले सक्नुहुन्छ ? हैन भने आफ्नो कुरा फिर्ता लिनुस् ।
शिक्षा ऐन आएसंगै एसएलसी के हुने भन्ने कुरा आएको छ । पछिल्लो छलफलमा हामी एसएलसी उत्तीर्ण परीक्षा कक्षा १० एसएलसी उत्तीर्ण परीक्षा कक्षा १२ भनेर पो जाने हो की भन्ने हिसावमा छलफल भईरहेको छ । किन भने अन्त पनि यो प्रात्तिटस भएको रेहछ । सिीएससीले पनि त्यो गर्दो रहेछ । राम्रा कुरा अरुको सिक्दा हुन्छ ।
पाठ्यपुस्तकका बारेमा
अहिले शिक्षा ऐनको कार्यान्वयन गर्ने कुरा विभागको काँधमा छ । भाषा देखि अरु कुराहरुलाई समाबेशी हिसावमा अघि लैजानु पर्ने छ । पाठ्यपुस्तकको समस्या दशकौं देखि उस्तै छ । गएको बर्ष हामीले पाठ्यपुस्तक दिवस मनायौं, यो बर्ष ब्यवहारमै मनाउन के गर्नु पर्ला ? केन्द्रिय अनुगमनको जिम्मा शिक्षा विभागलाई भएको सन्दर्भमा आजका मिति देखिनै पाठ्यक्रम विकास केन्द्र, मुद्रण गर्ने निकायहरुसँग के गरेर अघि बढ्ने ?
पाठ्यपुस्तकका बारेमा विभाग, पाठ्यक्रम विकस केन्द्र र जनक शिक्षा सामग्री क्न्द्रको एकिकृत योजना बनाउन लागेका छौं । निजीका सवालमा सूचिकृत गर्दा छुट्टै योजना बनाउँछौं । तर सरकारी राजश्वबाट तलव खाने यी तिन निकायको एकिकृत योजना बनाएर प्रधानमन्त्री कार्यालयमा पठाईसकेका छौं । यसमा पुर्नविचार गर्नु पर्ने पनि हुन सक्छ भनिएको छ तर मैले अस्तिको बैठकमा कुनै हालतमा हुँदैन भनेको छु ।
अव मेरो भूमिका प्रशासकीय भूमिका हो । हिजो सम्म अनौपचारिक वा पाठ्यक्रममा बस्दा मेरो भूमिका अलिकति प्राज्ञिक थियो । अव म प्रशासनीक भूमिकामा भएकोले कुनै पनि हालतमा दायाँ बायाँ कुरै सुन्दिन । अस्तिको बैठकमा पनि मैले भनेको छु अवको बैठकमा यो समस्या पर्यो, पाठ्यक्रमको समस्या यो, जनकको समस्या यो भन्ने बारेमा विभागमा बसुञ्जेल कुनै छलफल गर्दिन भनेको छु ।
कहिले पुग्यो ? कति पुग्यो ? कहाँ पुग्छ ? पुगेन भने किन पुगेन बाहेक बैठकमा अरु एजेण्डानै प्रवेश गर्न दिन्न भन्ने मैले कवुल गरेको छु । यहाँको बैठक सकेर मन्त्रालयमा मन्त्री ज्यू सचिव ज्यू संग कसलाई मुद्रण गर्न दिन कति कक्षा सम्म रंगिन बनाउने भन्न्े कुरा सात दिन भित्र निर्णय होस् भनेर मेरो कमिटिले मलाई म्याण्डेड दिएको छ भनेको छु । यो त मन्त्रालयलाई उल्टै अल्टिमेटमै दियो बाबुरामले भन्ने कुरा पनि उठ्यो । एक छिन हाँसो पनि भयो त्यहाँ । यो ढंगले अघि गएको हुँदा एकलब्य भावले म अनुगमन गर्छु ।
विगत बर्षहरुमा कारवाही भन्दा पनि सच्याउने हिसावले हामी गएका थियौं । अव बलियो अनुगमन विभागबाट हुन्छ ।
म पाठ्यक्रम विकास केन्द्रमै हुँदा हामीले बुझाएको एकिकृत योजनामा कति गते पाठ्यक्रमले पीआरसी दिने, कति गते सुचिकृत गर्ने ? कति गते छाप्ने ? गति गते पुर्याउने ? विभागले कहिले कहिले अनुगमन गरेर विवरण सार्वजनिक गर्ने हो ? भन्ने कुरा उल्लेख छ । पहिलो पटक असार १३ गते पाठ्यपुस्तक मुद्रण गर्ने निर्णय होस् भनेर मैले मन्त्रालयमा फाईल पठाएको हो ।
हाम्रो अप्ठ्यारो के रहेछ भने चैत मसान्त सम्म पाठ्यक्रम विकास केन्द्रले स्विकृत गरेको प्रति मुद्रकलाई दिने छ भन्ने ब्यवस्था रैछ । अर्को ठाउँमा बैशाख २ गते किताव पुर्याउनु पर्ने छ भनेर लेखेको रहेछ । के यो सम्भव छ ? दशकों देखि आइरहेको सम्भवनै नभएको कुरालाई निर्देशिका संशोधन गरेर असोज मसान्त भित्र पाठ्यपुस्तकको पाण्डुलीपि बुझाउने दुर्गमको हकमा मंसिर र सुगमको हकमा माघ भित्र दिने भनिएको छ । म पाठ्यक्रममा हुँदा सामाजिक बाहेक कक्षा १० को पनि सबै विषयको तयार भईसकेको थियो । हामीले भदौ मसान्त सम्म दिने तयारी गर्दै थियौं । विचमा हाम्रो सरुवाले कुराले यता उता भयो । तर, मन्त्रालयले निर्णय गर्ने वित्तिकै त्यो मुद्रणमा पठाउने गरी तयार छ ।
आर्थिक पारदर्शिता, अनुगमन र नियमन प्रमुख प्राथमिकता हो । बलियो अनुगमन र नियमनमा उत्रिन आवश्यक छ ।
चुनौती
शिक्षा क्षेत्रमा आर्थिक परादर्शिता चुनौतीका रुपमा रहेको छ । त्यसैले विभागबाट जिल्लामा जाने जति पनि कार्यक्रम छन् सबैलाई पारदर्शी बनाउन वेभसाईटमा राखिएको छ । हरेक कार्यक्रमको बजेट सार्वजनिक गर्ने क्रम जिल्ला तहमा पनि विस्तार गर्छौ ।
केही दिन अघि शिक्षा सचिव ज्यूले भन्नु भो, महानिर्देशकको हिसावमा तपैं नयाँ भए पनि शिक्षाको विषयमा म बरु नयाँ हुँ के हो शिक्षाको समस्या भनेर सोध्नु भयो । अघि मैल तन, मन धन मिल्नु पर्ने कुरा गरेको त्यही हो ।
शिक्षा क्षेत्रमा पर्याप्त जनशक्ति हुँदा हुँदै पनि ब्यवस्थापन नहुँदा समस्या भएको हो । जनशक्ति ब्यवस्थापन सही तरिकाले गर्न सकियो भने मात्रै शैक्षिक उपलब्धि हासिल हुन्छ । चाहे निजामती होस् चाहे शिक्षक होस् । कर्मचारी ब्यवस्थापनको काम मन्त्रायले गर्ने र शिक्षकको ब्यवस्थापनमा विभागको भूमिका हुन्छ । अहिलेकै अवस्थामा पनि शिक्षक अभाव छैन । पछिल्ला दिनका तथ्याङ्कले विषयगत रुपमा केही शिक्षक नपुग्ला तर भनिए जस्तो त्यत्रो ब्यापक रुपमा शिक्षक संख्या नपुग्ने छैन ।
केही दिन अघि निजी विद्यालयहरुको सम्मेलनमा पनि मैले यही प्रसंगमा भने । अरु केही गर्ने हैन, मान्छे छ, पाठ्यक्रम छ, सबै छ तर पढाई भएको छैन । त्यसैले मात्रै अनुगमनको खाँचो छ । निर्णय गर्नु अघि पूर्ण रुपेण लचिलो बन्छु, तर अनुगमनमा लचिलो हुन्न । अनुगमन र नियमन प्रभावकारी गर्ने हो भने मलाई लाग्छ हामी भित्र अभाव केही पनि छैन ।
म विभागमा जति दिन बसुँ, छ दिन बसुँ, ६ महिना बसुँ, ६ बर्ष बसुँ । जनार्दन नेपाल ६ बर्ष महानिर्देशक भएको विभाग हो म बस्न हुन्न भन्ने छैन, मुख्य कुरा ६ दिनै बसे पनि काम गर्नलाई समय ठूलो कुरा हैन । हैन भने मैले अघिनै भने नी २५ बर्ष अघि मैले लोक सेवा आयोगको कमलपोखरी कार्यालयको हलमा बोलेका ऐजेण्डा आज पनि बाँकी छन् । अर्थात्् २५ बर्षमा पनि भएन नी त ! त्यसकारण जति सुबै दिन बस्न परेपनि प्रतिवद्धता ठूलो कुरा हो । म र मेरो टिम प्रभावकारी काम गर्ने कुरामा प्रतिवद्ध छ ।
हिजो मेरो हैसियत थिएन त्यतिखेर पनि शिक्षक र सञ्चार माध्यामहरुसँग सहकार्य हुनु पर्छ भन्थेँ । विद्यार्थीसंग प्रत्यक्ष जोडिने शिक्षक र सूचना समाचार सम्प्रेषण गर्ने सञ्चार क्षेलाई विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्मेलनहरुमा हुने छलफलहरुमा सहभागि गरायौं भने प्रभावकारी हुन्छ भन्ने मेरो मान्यता हो । आज कुर्चिमा पुगेको छु हैसियतमा पुगेको बेला पनि दोहोर्याएर बोलेको छु ।
अन्त्यमा म सिधा कुरा गर्छु, मलाई सच्याउने मौका चाँही दिनु होला । म सच्चिन चाहन्छु, म आफू, मेरो टिम र सिष्टमलाई सच्याउने प्रयत्न गर्छु । कथं गल्ति भयो भने मलाई एक पटक सच्याउने मौका चााही दिनु होला । यदि सच्चिन भने सबैभन्दा निर्मम प्रहार बाबुराम माथिनै गर्नु होला ।
(शिक्षा विभागका महानिर्देशक पौडेलद्धारा, बिहीबार आयोजित पत्रकार सम्मेलन व्यक्त विचार)
प्रतिक्रिया