भक्तपुर - अवकासमा जाने की प्रतिस्पर्धा रोज्ने भन्ने बारेमा अस्थायी शिक्षकलाई विवरण भर्न तोकिएको समय सकिए पनि उक्त कार्य जारी रहेको शिक्षा विभागले जनाएको छ । विवरण भर्न असोज १० गते सम्मको म्याद दिए पनि उक्त समयमा विवरण भर्न छुटेकाहरुलाई सम्बन्धित जिल्लाहरुले उक्त काम जारी राखेको विभागले जनाएको हो ।
विहीबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक अणप्रसाद न्यौपानेले विभागबाट यस अघि जारी परिपत्रकै आधारमा जिल्लाहरुले अस्थायी शिक्षकको फारम भर्ने र लगत संकलन गर्ने काम जारी राखेको बताए ।
हामीले दिएको औपचारिक समय त कटेको छ, तै पनि विवरण संकलनको काम जारी छ । उनले भने त्यो लगत संकलन भईसके पछि अस्थायी शिक्षकका लागि कति बजेट चाँहिदों रहेछ भन्ने श्रोत साधनको शालाखाला अञ्दाज गर्न सकिने भएकोले विवरण संकलनको काम शुरु गरेका हौं त्यो जारी छ ।
अवकासमा नजाने शिक्षकले दिने परीक्षाको पाठ्यक्रम कस्तो हुने भन्ने तय नहुँदै उक्त विवरण भर्नुको अर्थ नभएको भन्दै शिक्षक महासंघको प्रतिनिधि मण्डलले विरोध गरेपछि विभागले भोलीपल्टै अर्को परिपत्र गरेको थियो ।
पढ्नुहोस् : अस्थायी शिक्षकका लागि तोकिएको म्यादको विरोध, विभागको अर्को परिपत्र
आयोग लड्नेकी अवकासमा जाने ? अस्थायी शिक्षकलाई असोज १० सम्मको म्याद
अस्थायी शिक्षकको विवरण संकलनका बारेमा शिक्षकका पेशागत संगठनहरुसंग छलफल गरेरै अघि बढेको उनले बताए । केही जिल्लाहरुमा समस्या आएको सुनिए पछि त्यसलाई फुकाउँदै विवरण संकलनको काम अघि बढाएको उनले बताए ।
प्रतिक्रिया