Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

विद्यार्थीले दुईपटक एसएलसी दिनुपर्ने

विहीबार, १३ असोज २०७३


काठमाडौं - शिक्षा (आठौँ संशोधन) ऐन आएसँगै कक्षा १० को अन्तिम परीक्षाका रूपमा एसएलसी परीक्षा सञ्चालन नहुने भनी चर्चा चलिरहेका बेला विद्यार्थीले दुईपटक एसएलसी दिनुपर्ने भएको छ ।

सरकारले माध्यमिक तहमा ‘एसएलसी कक्षा १०’ र ‘एसएलसी कक्षा १२’ बनाउने प्रस्ताव अगाडि सारेसँगै विद्यार्थीले दुईपटक एसएलसी परीक्षा दिनुपर्ने भएको हो । शिक्षा (आठौँ संशोधन) ऐनले व्यवस्था गरेको राष्ट्रिय परीक्षा बोर्डले एक विद्यार्थीले कक्षा १० मा एकपटक र कक्षा १२ मा एकपटक गरी दुईपटक एसएलसी दिलाउने प्रस्ताव गरेको हो ।

संशोधित ऐनमा विद्यालय तहको कक्षा १० र १२ को अन्तिम परीक्षा बोर्डले लिने व्यवस्था भएपछि त्यसैको आडमा बोर्डले उक्त प्रस्ताव अघि सारेको छ ।

‘हामीले एसएलसी कक्षा १० र एसएलसी कक्षा १२ गर्ने व्यवस्था प्रस्ताव गरेका छौँ ।’ बुधबार शिक्षा मन्त्रालयमा बुझाइएको प्रस्तावबारे राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव सूर्यप्रसाद गौतमले भने, ‘कक्षा १० बाट विद्यार्थी बाहिरिने भएकोले त्यसलाई एसएलसीका रूपमा कायम गर्नुपर्ने प्रस्ताव छ ।’

उनका अनुसार मन्त्रालयमा बुझाइएको प्रस्तावलाई राष्ट्रिय परीक्षा बोर्डले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । अहिले बोर्डको अध्यक्ष नियुक्त हुन सकेको छैन ।

 

प्रतिक्रिया