Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

एसएलसी नतिजा : शिक्षकलाई दोष दिएर हुन्छ र ?

आइतबार, ०६ असार २०७२
Hari Humagain

एसएलसीमा नतिजा कम आयो भनेर शिक्षकलाई दोष दिएर हुन्छ र ?  सरकारी बिद्यालयका शिक्षक गाउँका ठुला पार्टीका अध्यक्ष वा पदाधिकारी, त्यहाकाँ सामुदायिक वनका पदाधिकारी, विकाश निर्माण उपभोक्ता समितिका अध्यक्ष, खानेपानी, पुलपुलेसा निर्माण गर्ने काम शिक्षककै हुन्छ ।

जिल्ला स्तरमा पार्टीका चुनाव लाग्दा सबैभन्दा बढी शिक्षकलाई लाग्नु स्वभाबिक हो । अनि बिद्यालय जान छोडेर शिक्षा कार्यालयका हाकिमको वरिपरी घुमेर ठुला गफ पनि लगाउनै प¥यो । बिहान बेलुका टोल नजिकैका चिया पसलमा बसेर राष्ट्रपति, प्रधानमन्त्री, सरकार परिवर्तन कहिले गर्ने, किन गर्ने, संबिधान निर्माण कहिले गर्ने भन्नेकुराको पनि तिनै शिक्षकले भाषण दिनैपर्छ, अरु श्रोताहरु मात्र हुन्छन् ।

यतीका ठुला जिम्मेवारी लिएका शिक्षकलाई एसएलसीमा कम बिद्यार्थी पास गराए भनेर सानो कुरामा अरुले कराएर हुन्छ र ?

प्रतिक्रिया