काठमाडौं ६ असोज / उपत्यकाका विभिन्न ९ विद्यालयमा बम विस्फोट गराएको अभियोगमा पक्राउ परेका दुई जनालाई संगठित अपराधमा मुद्धा चलाइने भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट समय लिएपछि उनीहरुलाई संगठित तथा विस्फोटक पदार्थ ओसारपसार समेतको मुद्धा चलाइने भएको छ । राजनीतिक आवरणमा आपराधिक गतिविधि गरेकाले उनीहरुलाई संगठित अपराधको मुद्धा चलाइने प्रहरीले जनाएको छ । प्रहरीले मंगलबार पक्राउ परेका चन्द्रबहादुर तामाङ र शंकरकुमार लाखेलाई सो मुद्धा लगाउन लागेको हो ।
राजधानीमा प्रकाशित खबर ।
प्रतिक्रिया