Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

शिक्षकले राजनिति नगरोस् !

विहीबार, १७ असार २०७२

नव राज न्यौपाने

नतिजा राम्रो आउन राजनीतिक आवद्धता र संलग्नताले हुदैन, योग्यता र क्षमता दुबै आवश्यक पर्छ ! प्रसङ्ग प्रवेशिका परीक्षाको नतिजा: नेता हेडमास्टरका विद्यालयको नतिजा खस्केको ! यो मेरो भनाइ होइन । आम सञ्चार माध्यमबाट सार्वजनिक भैसकेको यथार्थ समाचार हो । कतिपय समाचारमा यथार्थता भन्दा काल्पनिकता बढी हुन्छ । कसै कसैलाई त प्रकाशित समाचार पनि काल्पनिक लाग्न सक्छ । हेडमास्टरले नेताहरुको झोला बोकेर भोट माग्न हिड्ने, विभिन्न बहानामा अनुपस्थित हुने, उपस्थित भए पनि पूरा समय विद्यालयमा नबित्दै हिड्ने, अन्य शिक्षकहरूलाई विभिन्न राजनीतिक संगठन र समूहमा बस्न दवाव दिने र सदस्यता लिन बाध्य पार्ने, नमानेमा विभिन्न लफडा झिकेर क्षमतावान् शिक्षकलाई पन्छाउने, त्यसपछि आफुले भनेको शतप्रतिशत भनेको मान्ने शिक्षक बन्न औपचारिकता पूरा नभएका तथा अयोग्य मान्छेलाई विद्यालयमा शिक्षक राख्ने र विद्यार्थीले पढाएको बुझेनौ भन्दा उल्टै विद्यार्थीलाई हप्काउने आदि आदि । बहुदलिय व्यवस्थामा शिक्षक कुनै कुनै न दलमा आस्था राख्ला र आवद्ध होला तर विद्यालयको गतिविधिमा नै असर पारेर राजनिति नगरोस् ।

प्रतिक्रिया