Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

मदिरा पिएका ड्राइभरले चलाएको बसको ठक्करबाट शिक्षकको मृत्यु

आइतबार, ०२ असोज २०७३

काठमाडौ २ असोज / दाङमा बसले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन ।

दाङको शितलपुरवाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ७८४ नम्वरको वसले तुलसीपुरबाट उरहरीतर्फ जाँदै गरेको रा १ प ७८१४ नम्वरको मोटरसाईकललाई अमिलिया–तुलसपिुर सडकखण्डको टरिगाँउ एयरपोर्ट नजिक ठक्कर दिँदा तुलसीपुर–१९ जसपुर निवासी ५४ वर्षीय देबबहादुर डाँगीको मृत्यु भएको छ ।

डाँगीकी श्रीमती ५३ वर्षीया पुष्पा डाँगी गम्भीर घाइते भएकी छन् । उनको जिल्ला बाहिर उपचार भइरहेको छ ।

गम्भीर घाइते डाँगीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मृतक डाँगी अमर उच्च मावि उरहरीका विज्ञान शिक्षक हुन । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाईले अत्याधिक मदिरा पिएरचालकले बस चलाउँदा दुर्घटना भएको पाइएको बताए ।

त्यस्तै उक्त बसले सोही समयमा थप अर्को रा २ प ४५४७ नम्वरको मोटरसाईलकलाई ठक्कर दिँदा थप दुईजना घाइते भएका छन् ।

मोटरसाइकलमा सवार प्रावि क्वाङ्गीका शिक्षक ५६ वर्षीय मुक्तवहादुर वली र उनकी श्रीमती ५२ वर्षीया सावित्रा घाइते भएको प्रहरीले जनाएको छ ।  

शिक्षक वलीको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । भने सावित्रा वली गम्भीर भएकाले उपचारका लागि जिल्ला बाहिर लगिएको छ ।

गोपाल शर्मा भट्टराईले कारोबारमा लेखेको खबर ।

 

 

प्रतिक्रिया