काठमाडौं २ असोज / रेडपाण्डा (रातो हाब्रे ) बारे जनचेतना कार्यक्रम सञ्चालन भइरहेको जिल्लाका विभिन्न विद्यालयमा रेडपाण्डा दिवस मनाइएको छ । जिल्लाको फलैचा, च्याङ्थापु, सिदिन, प्राङवुङ, मेमेङ र लुङरुपा गाविसका विद्यालयमा यो दिवस मनाइएको हो ।
लोप हुन लागिरहेको् रेडपाण्डा संरक्षण कार्यक्रमलाई प्रभावकारी पार्न यसपाली विद्यालय स्तरमा यसको दिवस मनाइएको हो ।
रेड पाण्डा नेटवर्क र दिप ज्योती युवा क्लव पाँचथरको संयोजनमा दिवस मनाइएको हो । बालबालिकाको मनोविज्ञानसंग रेडपाण्डा बारेको सचेतना जोड्न विद्यालयमा गठन गरिएका रुट्स सुट्स क्लवको अग्रसरतामा दिवस मनाइएको हो ।
विभिन्न नौवटा विद्यालयमा यो दिवस मनाइएको दीप ज्योति युवा क्लवका कार्यकारी निर्देशक सुनिल वान्तावाले बताउनुभयो । ‘रेडपाण्डा जोगाउ’ भन्ने नाराका साथ सातौ रेड पाण्डा दिवस मनाइएकोजीवन राईले बताउनुभयो । संरक्षण कार्यमा वढी भन्दा वढी व्यक्ति एवं सरोकारवालाहरुलाई सहभागी गराई संरक्षण अभियान सफल पार्ने भन्दै सन् २०१० देखि सेप्टेम्बर महिनाको तेस्रो शनिवारलाई अन्तर्राष्ट्रिय रेडपाण्डा दिवसको रुपमा मनाउन थालिएको हो । नेपालमा सन २०११ देखि यो दिवस मनाईदै आइएको छ । रेडपाण्डासंँग सम्बन्धित सचेतना मुलक अन्तक्र्रिया, बक्तृत्व कला प्रतियोगिता, खेलकुद गतिविधि तथा सास्कृतिक कार्यक्रम गरि दिवस मनाइएको बताइएको छ ।
नारायण तुम्बापोले गोरखापत्रमा लेखेको खबर ।
प्रतिक्रिया