Edukhabar
आइतबार, ०२ मंसिर २०८१
गतिविधि

जेसुइटको शैक्षिक ईतिहास झल्काउने पुस्तक

विहीबार, ३० भदौ २०७३

काठमाडौं – नेपालमा विगत सात दशकदेखि गुणस्तरीय शिक्षाको क्षेत्रमा कृयाशिल जेसुइट अर्थात क्रिश्चियन शैक्षिक संस्थाले पुर्याएको योगदान र अहिले सम्मको यात्रामा भोगेका चुनौतीलाई समेटेर पुस्तक सार्वजनिक भएको छ । विगत सात ७ दशकको ईतिहासका तथ्यलाई संकलन गरेर संस्था अन्र्तगतको सेण्टजेभियर्स कलेज माइतीघरले ‘नेपालमा जेसुइटको शैक्षिक ईतिहास’ नामक पुस्तक प्रकाशन गरेको हो ।  

पुस्तकले नेपालको शैक्षिक ईतिहास देखि आधुनिक कालसम्मको शिक्षाको अभ्यासलाई नियाल्ने प्रयास गरेको छ । नेपालमा शिक्षा जगतमा भएका प्रयास र प्रारम्भलाई सबैले बुझ्ने गरी उजागर गरेको पुस्तकले शिक्षाको परिभाषाका बारेमा गीताको सार देखि सन्त विबेकान्नद सम्मका भनाईलाई साभार गरेको छ ।

पुस्तकले जेसुइट के हो ? यसले नेपालमा कहिले देखि प्रवेश ग¥यो ? कुन क्षेत्रमा काम गरेको छ ? भन्ने कुरालाई फादर वोनिफस तिग्गा, एस.जे ‘रिजनल सुपेरियर’ ले पुस्तकको सन्देशमा प्रष्टाएका छन । बोनिफसका अनुसार जेसुइटले नेपालको शिक्षा, स्वास्थ्य र समाज सेवाका क्षेत्रमा काम गर्दै आएको छ । ‘करुणा र सर्मपण जस्ता मुल्य मान्यता स्थापित गराउन काम गरिरहेका छौं ।’ उनले उल्लेख गरेका छन् । जेसुइटले नेपालको १४ स्थानमा शिक्षा स्वास्थ्य र समाज सेवा तथा शैक्षिक दर्शन र मुल्य मान्यता फैलाउन भुमिका निर्वाह गर्दै आएको छ ।

सेण्ट जेभियर्स कलेज माईतीघरका प्राचार्य आगस्टिन थोमस, एस जेले पुस्तक प्रकाशन गर्नुको कारण प्रष्ट पार्दैं नेपालको जेसुइट शिक्षाको ईतिहास यसका चुनौतीहरु र बिकासको बारेमा आम मानिसको दृष्टिकोणलाई प्रस्तुत गरेको उल्लेख गरेका छन ।

सन् १९५१ मा ६५ विद्यार्थी भर्ना लिएर गोदावरीबाट शुरु भएको सेण्ट जेभियर्स स्कुलको ईतिहास बुझ्न पनि पुस्तक सहयोगी हुन सक्छ । अन्तर्राष्ट्रिय स्तरको शिक्षालाई भित्र्याउन सार्थक अभ्यास गरेको संस्थाले दरवार देखि समान्य जनका सन्तानलाई अध्ययन अध्यापन गराउदै आएको विगत छ ।

सेण्टजेभियर्स स्कुलको ईतिहास र अन्य तथ्यलाई स्पष्ट पारेर तयार गरिएको पुस्तक अध्ययन गर्दा शिक्षाले समाजमा गरेको योगदान र त्यस मार्फत भएका परिवर्तनको जानकारी थाह पाउन मद्धत पुग्छ  ।

परिच्छेद ६ सम्म विभाजन गरिएको पुस्तकमा  नेपालमा शिक्षाको उद्भव, बिकास र परिभाषालाई पहिलो खण्डमा प्रस्तुत गरिएको छ । दोस्रो खण्डमा जेसुइट सोसाइटीको संक्षिप्त परिचय, नेपालको शैक्षिक ईतिहासमा फादर मोरोनको भुमिका, तेस्रो खण्डमा जेसुइट शिक्षाका उद्देश्य, बिशेषता, महत्व र पद्धतीबारे प्रस्टाईएको छ । त्यसैगरी चौथो खण्डमा नेपाल जेसुइट सोटाइटीसँग आवद्ध शैक्षिक संस्था र अन्य संस्थाहरुका बारेमा समेटिएको छ । सेण्ट जेभियर्सको स्थापना कालको गोदावरी स्कुल, सेण्ट जेभियर्स जावलाखेल हुँदै अन्य शैक्षिक संस्थाका हालसम्म विकासका चरणहरुलाई समेटिएको छ ।

पाँचौ परिच्छेदमा सेन्ट जेभियर्स कलेज स्थापनाको पृष्ठभुमीदेखि हालको अवस्थामा सम्म भएका प्रगती र कलेजले अध्ययन अध्यापन गराइरहेका विषयहरुको बारेमा जानकारी समेटिएको छ ।

त्यसैगरी करिब ७ दशकको अवधीमा पु¥याएको शैक्षिक योगदानलाई मुल्यांकन सहित भबिष्यका योजना र कार्यक्रमलाई पुस्तक मार्फत सार्वजनिक गरिएको छ । प्रारम्भिक शिक्षादेखि उच्च स्तरको शिक्षामा योगदान गर्दै आएको जेसुइट परिवारको योगदानलाई पुस्तकले एक पक्षीय रुपले पक्षपोषण गरेको छ ।

पुस्तक अध्ययन गर्दा कतिपय जानकारी रोमाञ्चक र प्ररेणादायी छन् । नेपालमा हालसम्म योगदान गर्ने जेसुइट परिवार अन्तर्गतका राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तिहरुका समेत जानकारी समेटिएको पुस्तक सरल नेपाली भाषामा प्रकाशित छ । १ सय पृष्ठको पुस्तक प्रकाशनमा सेण्ट जेभियर्स कलेज माइतीघरमा अध्यापक देवेन्द्र पौडेल, खेम प्रसाद प्रसाइ र चन्द्रमणी चापागाईको प्रयास सराहनीय छ । भाषा सम्पादन देखि सामाग्रीको प्रस्तुतीमा ध्यान दिएर पुस्तकलाई पठनीय बनाइएको छ ।

प्रतिक्रिया