Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

अन्तरमन्त्रालय सरुवामा शिक्षाका कति परे ?

विहीबार, ३० भदौ २०७३

काठमाडौं - अन्तरमन्त्रालय सरुवाको माग गर्दै परेका निवेदनहरु मध्येबाट शिक्षा मन्त्रालय अन्र्तगतका ३ जना कर्मचारीको मात्रै सरुवा भएको छ । सामान्य प्रशासन मन्त्रालयले बुधबार ५३ जना कर्मचारीको अन्तरमन्त्रालय सरुवा गरेको छ । अन्तरमन्त्रालय सरुवाको माग गर्दै निवेदन दिएका झण्डै ३ सय कर्मचारी मध्येबाट पहिलो चरणमा खरिदार र शाखा अधिकृतको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

यस मध्ये शिक्षा मन्त्रालय अन्र्तगत कार्यरत ३ जना अधिकृतको सरुवा भएको हो । विद्यालय शिक्षक कितावखानाका शाखा अधिकृत कुमार प्रसाद घिमिरेको अर्थ मन्त्रालयमा, मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका शाखा अधिकृत प्रकाश मैनालीको स्वास्थ्य मन्त्रालयमा र परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका शाखा अधिकृत लोकबहादुर खड्काको खानेपानी तथा सरसफाई मन्त्रालय अन्र्तगत सरुवा भएको सामाज्यले जवनाएका छ ।

सरकार परिवर्तनमा भएको ढिलाईका कारण साउन मसान्त भित्र हुनु पर्ने कर्मचारीहरुको सरुवा यस बर्ष ढिलो भएको हो । सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवाको बाटो खोलिदिन लोकसेवा आयोगमा गरेको पत्राचारलाई सरकारले राजनीतिक निर्णय गरेर कर्मचारी सरुवाको बाटो खोलेको हो ।

पहिलो चरणमा अन्तरमन्त्रालय सरुवा हुने कर्मचारीमा २५ जना अधिकृत र २८ जना खरिदार तहका छन् । सरुवा भएका अधिकृतमध्ये १० जनालाई विभिन्न मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ । बाँकी १५ जनालाई विभिन्न मन्त्रालय र त्यस अन्तरगतका निकायहरुमा सरुवा गरिएको छ ।

यस्तै विभिन्न मन्त्रालयमा कार्यरत २८ जना खरिदारलाई स्थानीय विकास मन्त्रालय वा त्यस अन्तर्गतका कार्यालयमा सरुवा गरिएको छ ।

स्थानीयमा सरुवा गरिएका सबै खरिदारलाई गाविस सचिवको रुपमा खटाउने तयारी छ ।

प्रतिक्रिया