Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

दुई विद्यार्थी चार दिनदेखि बेपत्ता

विहीबार, ३० भदौ २०७३

काठमाडौं ३० भदौ/ फिदिमको मेची बोर्डिङ स्कूलको होस्टलमा बसेर पढीरहेका दुई जना विद्यार्थी चार दिनदेखि बेपत्ता भएका छन् । कक्षा ९ मा अध्ययनरत १५ बर्षीय पृथ्बी राई र ६ कक्षाका १४ बर्षीय बसन्त राई शनीबार राती १२ बजेदेखि बेपत्ता भएका हुन् ।

फिदिमका विभिन्न व्यक्तिको मोवाईल चोरेको भन्दै प्रहरीले पृथ्वीलाई विद्यालयबाटै शनिबार दिउँसो नियन्त्रणमा लिएको घटनाक्रमपछि उनीहरूवेपत्ता भएका हुन् । अनुसन्धानबाट पृथ्वीले मोवाइल चोरेको पाइएपछि चोरेको मोवाई प्रहरी मार्फत सम्बन्धितलाई फिर्ता समेत गराइएको थियो । त्यसपछि पृथ्वीलाई रातको १० बजे प्रहरीले विद्यालयलाई जिम्मा दिएको बुझिएको छ ।

विद्यालयमा ल्याएपछि आइन्दा त्यसो नगर्न भन्दै सम्झाउने हिसावले पृथ्वीलाई सामान्य गाली गरेर सुत्न पठाएको प्रिन्सिपल सीता सेलीङले बताउनुभयो । सुत्न गएका पृथ्वी मिल्ने साथी बसन्तलाई लिएर शनिबार राती १२ बजे होष्टल छोडेर वेपत्ता भएका उहाँले सुनाउनुभयो । दुई बालक वेपत्ता भएपछि अभिभावक र विद्यालय प्रशासन तनावमा छन् ।

अभिभावक, विद्यालय प्रशासन र प्रहरीबाट व्यापक खोजी भइरहे पनि हालसम्म बेपत्ता दुई विद्यार्थी भेटाउन सकिएको छैन । च्याङथापु ३ घर भएका पृथ्वी नर्सरी देखि नै मेची बोर्डिङ पढ्दै आएका बिद्यार्थी हुन् । पृथ्वीका बुवा जगदीश राईले मोवाइल चोरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गर्दासमेत आफूलाई विद्यालयले जानकारी नगराएको गुुनासो गर्नुभयो । आफ्नो एउटा मात्र छोरा बेपत्ता हुनुमा विद्यालयको लापरबाही भएको पनि उहाँले दुखेसो गर्नुभयो । पृथ्वी सँगै बेपत्ता भएका बसन्तको घर फिदिम–३ लालिखर्क हो ।

नारायण तुम्बापोले गोरखापत्रमा लेखेको खबर ।

प्रतिक्रिया