Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

बजेट : बिद्यालय तह तरंगित

बुधबार, ३० असार २०७२

LaxmiPrasad Pangeni 

सरकारले हिजो ल्याएको आर्थिक बर्ष २०७२/०७३ को बजेट अन्तर्गत शिक्षा क्षेत्रमा गरेको केहि नया व्यवस्थाले बिशेष गरि बिद्यालय तह तरंगित हुने अनुमान गरिएको छ|यदि बजेटमा उल्लेखित कुराहरु अक्षरस कार्यन्वयन भयो भने पक्कै पनि शिक्षा क्षेत्रमा केहि सुधारका संकेतहरु देखापर्नेछन|

सरकारले आगामी बर्षदेखि बिद्यार्थी अनुपातमा शिक्षक उपलब्ध गराउने,शिक्षक सरुवाको शुरुवात गर्ने ,हरेक बिकास क्षेत्रमा नमुना आवासीय बिद्यालयको स्थापनागर्ने ,राजधानी लगाएत शहरका सुबिधासम्पन बिद्यालयलाइ दुर्गमका बिद्यालय ब्यबस्थापनमा प्रोत्साहन गर्ने,५ बर्ष भन्दा बढी सेवा गरेका अस्थायी शिक्षकलाई गोल्डन ह्याण्डस्याकको व्यवस्था गर्ने,ग्रामिण र दुर्गमका १०० बिद्यालयहरुमा इन्टरनेटको मध्यमबाट पढाई संचालन गर्ने जस्ता महत्वाकांक्षी ब्यबस्था अघि सारेको छ |माथि उल्लेखित ब्यबस्था मध्ये शिक्षक सरुवा सरकारलाई फलामको चिउरा चपाउनु जस्तै हुनेछ|करिब १००० जानाको हाराहारीमा रहेका आरपीहरुलाई सरुवा गर्न नसक्ने सरकारले ठुलो संख्यामा रहेका शिक्षकहरुलाई तत्कालै सरुवा गर्छ जस्तो मलाइ लाग्दैन|राहत कोटाको दरबन्दीमा पनि गोल्डन ह्याण्डस्याकको व्यवस्था गर्न सके नया शिक्षकको बिज्ञापन गर्न बाटो खुल्नेछ|

त्यस्तै "एक गाउ एक डाक्टर "नया नगरपालिकामा १५ शैयाको अस्पताल तथा जेष्ठ नागरिकको भत्ताब्रिदी पनि राम्रो कार्यक्रम भित्र पर्दछ|जेष्ठ नागरिक भत्ता उनीहरु ७० बर्ष पुगेकै मितिबाट दिनु पर्दछ|हाल ७० बर्ष पुगेका जेष्ठ नागरिकबाट हरेकबर्ष साउन बाट असोज सम्म फारम संकलन हुन्छ र मंसिरबाट भत्ता बितरण हुन्छ|यसो गर्दा केहि जेष्ठ नगरिकहरु फारम भरेपनि भत्ता नपाइ परमधामहुन्छन |यस्तो ब्यबस्था संसोधन गरि ७० बर्ष पुगेकै मितिबाट जेष्ठ नागरिक भत्ता बितरण गरियोस |

बजेटमा बिबिध कार्यक्रम ल्याउनु भन्दा पनि यसको कार्यान्वन पक्षमा ध्यान दिनु पर्दछ|समग्र बजेट समयमै कार्यान्वन गर्न सरकारलाई सफलता मिलोस् मेरो शुभकामना |

प्रतिक्रिया