काठमाडौं - विद्यालय तथा बाल अधिकारको क्षेत्रमा कृयाशिल संघ संस्थाहरुले विभिन्न कार्यक्रम गर्दै राष्ट्रिय बाल दिवस मनाईरहेका छन् ।
दिवसमा अवसरमा शन्देश दिदैं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालबालिकाको क्षेत्रमा गरिने लगानीले राष्ट्रको भविष्य निर्धारण गर्ने भन्दै देशको राजनीतिक परिवर्तनसँगै सबैको प्रयत्नमा बाल अधिकारको क्षेत्रमा धेरै कार्यहरु भएको उल्लेख गरेका छन् । प्रधानमन्त्रीले बालबालिकाको संरक्षण र सुरक्षाको क्षेत्रमा गर्नुपर्ने कार्यहरु अझै पनि धेरै रहेको भन्दै हिंसा, दुव्र्यवहार शोषण लगायत बालबिवाह जस्ता कूप्रचलनका घटनालाई पूर्ण रुपमा न्यूनीकरण गर्दै बास्तविक बाल अधिकार प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
यसका लागि सरकार निरन्तर प्रयत्नशील रहेको भन्दै प्रधानमन्त्रीले संविधानले गरेको व्यवस्थादेखि विद्यमान नीति तथा कानूनहरुको कार्यान्वयनमा सबै पक्षले सहयोग र सहकार्य गर्दै अगाडि बढ्न आब्हान समेत गरेका छन् ।
यस बर्ष दिवसको नारा ‘सम्वर्द्धन बाल अधिकारको, कार्यान्वयन संविधानको’ भन्ने तय गरिएको छ ।
बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई सन् १९९० सेप्टेम्बर १४ का दिन नेपालले अनुमोदन गरेको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । उक्त महासन्धिमा बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा पक्ष राष्ट्रले प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया