काठमाडौं २९ भदौ / दोलखा जिल्लाको क्षमावती उच्च माध्यमिक विद्यालयका पूर्व विद्यार्थी तथा शिक्षकहरू विद्यालयको पुनः निर्माणमा जुटेका छन् । १ करोड १० लाख रुपैयाँको लागतमा विद्यालयको पुनः निर्माण सुरू भएको छ ।
२०७२ को भूकम्पले विद्यालयको भवन पूर्ण रूपमा क्षति पु¥याएपछि ‘क्षमावती उमावि पूर्व शिक्षक विद्यार्थी समाज नेपाल’ ले विद्यालयको पुनः निर्माण सुरू गरेको हो ।
एक करोड १० लाख रुपैयाँमा निर्माण हुने आधुनिक भूकम्प प्रतिरोधी विद्यालयको मुल भवन पूनःनिर्माण भइरहेको समाजका प्रमुख आर्किटेक्ट रमेश मानन्धरले जानकारी गराए ।
समाजकै सहयोगमा ६० लाख रुपैयाँको लागतमा विद्यालय परिसरमा अत्याधुनिक भूकम्पप्रतिरोधि छात्रावासको निर्माण सम्पन्न भएको छ । विगत चार वर्षदेखि समाजले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग गर्दै आएको छ । क्षमावती उच्च माध्यमिक विद्यालय जनकपुर अञ्चल कै सबैभन्दा पुरानो विद्यालय हो ।
कारोबारमा प्रकाशित खबर ।
प्रतिक्रिया