Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

एसएलसी नतिजा सुधार्ने १८ उपाय

शुक्रबार, ०८ साउन २०७२

Shiva Prd Rijal

एसएलसी काे नतिजा कमजोर भएका विद्यालयका हेडमास्टर र शिक्षकलाई कार्वाही गर्ने कुरा सही छ ,स्वागतयाेग्य छ तर उपलब्धि मुलक नतिजा प्राप्त गर्न कारबाही नै सर्बेसर्बा हाे भनी रटान लगाउने सुधारकाे उपाय नचाल्ने हाे भने उपलब्धि हुने वाला छैन। त्यसैले निम्न कुराहरू पूरा गर्दा पनि सुधार भएन भने दर्हाे कारबाही चलाउनु पर्छ।

१. हरेक विद्यालयमा विषयगत पर्याप्त दरबन्दीकाे व्यवस्था

२. अस्थाइ र राहत शिक्षककाे समस्या समाधान

३. नियमित अनुगमन

४. पर्याप्त ट्रेनिङ

५. अाकर्षक तलब र सुविधा

६.राजनिती मुक्त शिक्षा क्षेत्र

७. शिक्षामा निजिकरण बन्द

८. शिक्षकलाइ प्रत्येक महिना तलब खुवाउने व्यवस्था

९. प्रत्येक विद्यालयमा निशुल्क इन्टरनेटकाे सुविधा

१०. सबै सामुदायिक विद्यालयमा अनिवार्य अङ्ग्रेजी माध्यम

११.सरकारी तलव भत्ता लिएर सेवारत शिक्षक कर्मचारीले सरकारी विद्यालयमा नै अनिबार्य पढाउनु पर्ने नत्र सरकारी जागिर खान नपाउने

१२.नेता र सरकारी कर्मचारीका परिवार समेतले प्राइभेट स्कुल खाेल्न नपाउने

१३.परीक्षा र मुल्यांकन पद्धतिमा व्यापक सुधार

१४.एसएलसी अघिकाे परीक्षा जिल्लास्तरीय नै बनाउने

१५.प्राइभेट र सरकारी विद्यालयकाे पाठ्यपुस्तकमा एकरूपता

१६.,विद्यालय सन्चालन पुर्व १/२घन्टा अघि शिक्षक विद्यालय गई तयारी गर्ने व्यवस्था

१७. तल्ला कक्षारूमा विषयगत दरबन्दीका प्रयाप्त दरबन्दी(मिलान गरि)

१८. कक्षा ८ काे जिल्लास्तरीय परीक्षा र कक्षा ५ काे श्राेतस्तरीय परीक्षा वयवस्थित बनाउने नकी नाम मात्र ।

प्रतिक्रिया