Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

सामुदायिक शिक्षाबारे राष्ट्रपतिद्धारा सरकारको ध्यानार्कषण

आइतबार, २६ भदौ २०७३

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले सामुदायिक शैक्षिक संस्थाबाट संचालित अध्ययन अध्यापनलाई सहयोग पु¥याउन सरकारको ध्यानार्कषण गराएकी छन् । बानेश्वर क्याम्पसको रजत महोत्सव समारोहमा राष्ट्रपति भण्डारीले शिक्षामन्त्री धनीराम पौडेल मार्फत सरकारको ध्यान आर्कषण गराएकी हुन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक क्याम्पस संचालनमा नेपाल सरकारको ध्यान पुग्ने विश्वास व्यक्त गरेकी छन् । स्थानीय स्तरमा सामुदायिक भावनाले संचालनमा रहेका शैक्षिक संस्था संचालनमा सरकारले पनि ध्यान दिनु पर्ने छ, उनले भनिन् सामुदायिक क्याम्पसको अप्ठ्यारा र चुनौती चिर्न नेपाल सरकारको ध्यान जान आवश्यक छ ।

शिक्षा क्षेत्रलाई कसरी हस्तक्षेप मुक्त बनाउन सकिन्छ भन्ने आजको चुनौती भएको उल्लेख गर्दै उनले न्युन शुल्कमा अध्ययन अध्यापन गराउनु आफैमा चुनौती र अप्ठ्यारो भएको बताईन् । शिक्षाको महत्वलाई समाजले बुझेर आफ्नै पहलमा यसरी विद्यार्थी अध्ययन अध्यापन गराउनु राम्रो काम भएको भन्दै संचालकहरुको खुलेर प्रशंसा समेत गरिन् । मुलुकको सिर्जना र संवाहक समेत रहेका विद्यार्थीको शिक्षा महत्व बोध गराउन सबैले आ–आफ्ना स्थानबाट गरेको पहल सह्रानीय भएको उनले बताईन् ।

२५ बर्षअघि तत्कालिन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले उद्घाटन गरेर क्याम्पस शुरु भएको संचालक समितिका अध्यक्ष हरिबोल भट्टराईले स्मरण गरे । क्याम्पसले यस बिचमा उकाली ओराली सहितका चुनौतीको सामना गर्दैं रजत महोत्सव मनाउन सफल भएको उनले बताए । सामाजिक भावनाले तत्कालिन समयमा संचालन गरिएको यस क्याम्पसले राष्ट्रिय राजनीतिमा समेत आफ्नो पहिचान बनाउन सफल भएको भन्दै पूर्व विद्यार्थी अखिल अध्यक्ष नबिना लामाको राजनितीक जिवनको उचाई प्रति गौरव ब्यक्त गरे ।

कार्यक्रममा शिक्षामन्त्री पौडेलले सामाजिक भावनाले संचालन गरिएको क्यापसले राज्यको जिम्मेवारी बोध गराएको बताए । मााबिकी, विज्ञान, शिक्षा र व्यवस्थापन संकाय अध्यापन गराउन क्याम्पस सफल भएकोमा आगामी दिनमा आफ्ना तर्फबाट यथाशक्य सहयोग पु¥याउने प्रतिवद्धता समेत ब्यक्त गरे ।

करिब १८ सय विद्यार्थी अध्ययनरत क्याम्पसमा निजीको तुलनामा सस्तो शुल्क छ । स्नातक सम्म संचालित क्याम्पसलाई आगामी दिनमा उच्च शिक्षा समेत संचालन गर्ने अभिलाषा स्थानीयले राखेका छन् ।

सरकारी क्याम्पसलाई सरकारले आर्थिक व्ययभार वहन गर्दै आएको भए पनि सामुदायिक क्याम्पस अझै पनि सरकारको नजरमा पर्न नसकेको गुनासो संचालकहरुले गरे । दान र सहयोगलाई आर्जन मानेर न्युन शुल्कमा विपन्न परिवारका सन्तानलाई अध्यापन गराउदै मुलुकका लागि सवल नागरिक उत्पादन गर्न सामुदायिक शैक्षिक संस्थाले महत्वपूर्ण भुमिका खेल्दै आएका छन् ।

देशभर ९ विश्वविद्यालय संचालनमा रहदा सरकारी, निजी आंगिक र निजी गरी १२ सय भन्दा धेरै क्याम्पसले उच्च शिक्षा अध्यापन गराईरहेका छन् ।

प्रतिक्रिया