Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

सामुदायिक विद्यालयमा शर्मिलो स्थिति

शनिबार, ०९ साउन २०७२

Hari Prasad PokhrelHari Prasad Pokhrel 

हालै शिक्षा विभागले ७५ वटै जिल्ला शिक्षा कार्यालयमा लियन पद राखी माथिल्लो तहमा कार्य गर्न नपाइने भनेर परिपत्र गरेको छ । शिक्षकहरु धमाधम आफ्नो साविक पदमा फर्कि पनि रहेका छन् । तर, प्रा.वि तथा निमावि दरवन्दीमा स्थायी शिक्षक भई स्रोत ब्यक्तिको रुपमा माथिल्लो तहमा कार्यरत स्रोतब्यक्तिहरु भने निर्लज्ज लियन पद राखी माथिल्लो तहमा काम गरिरहेका छन् ।

के एउटा प्रावि या निमावि तहको स्रोतब्यक्तिले उच्चमावि तहसम्म सञ्चालन भएको विद्यालयमा अनुगमन निरीक्षण गर्नु नियमसंगत छ ? फेरी स्रोत ब्यक्ति ब्यवस्थापन निर्देशिका २०७१ मा स्रोत ब्यक्ति हुन मावि तहमा कम्तिमा ७ बर्ष स्थायी सेवा गरेको स्नातकोत्तर तह उत्तीर्ण ब्यक्ति हुनुपर्ने ब्यवस्था छ ।

तर, यो ब्यवस्थाको उपहास भइरहेको छ । राजनीतिक आड र भनसुन कै भरभा प्रावि तहका शिक्षक उमावि तहको प्रधानाध्यापक भई मावि प्रथम तहको शिक्षकलाई अधिनमा राख्ने अत्यन्त शर्मिलो स्थिति पनि सामुदायिक विद्यालयमा छ । यसबाट स्वाभिमानी शिक्षकको मनोबल गिर्ने र आफ्नो शिक्षण कार्यलाई सुधार्ने जाँगर पनि स्वतः मरेर जान्छ । अहिले राजनीति संरक्षण भित्र यस्ता नियम विपरितको धेरै कार्यहरु शिक्षा क्षेत्रमा बढिरहेको छ जसबाट सामुदायिक विद्यालयको वातावरण पनि विग्रदै गएको हो ।

प्रतिक्रिया