Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

विद्यार्थी जडीबुटी खोज्न गएपछि विद्यालय बन्द

आइतबार, २६ भदौ २०७३

काठमाडौं २६ भदौ / जडीबुटी संकलन गर्ने समय सुरु भएपछि विद्यालय नै वन्द गरेर विद्यार्थी र शिक्षक जडीवुटी संकलनका लागि घरवाट दुई दिन पैदल हिडेर लाग्ने च्वुँवा खोला वनको लडेखोला र कालापानीमा गएका छन ।

यसरी विद्यालय र्नै वन्द गरेर जडीबुटी संकलन गर्न जानेमा ठेहे गाविसको चाङ्गला प्राथमिक विद्यालयका शिक्षक र विधार्थी रहेका छन । ठेहे गाविसका सवै वडाका मानिस जडीबुटी संकलन गर्न गएका भए पनि वडा नम्वर ७ देखि ९ मा पर्ने दोजाम गाँउका सवै स्थानीयहरु गत भदौ १० देखि जडीबुटी ( कुट्की ) संकलनका लागि वनतर्फ गएको स्थानीय ताराबवहादुर लामाले वताउनु भयो ।

उहाँले अहिले गाँउ सुनसान भएको र गाँउले सवै झिटीकुन्टी वोकेर जडीबुटी संकलनका लागि वनमा गएको वताउनु भयो । प्रतिकेजी ११ देखि १२ सय संकलन स्थलमै मुल्य पर्ने जडीबुटी २ वर्ष पछि संकलनका लागि खुलेको हो । हाल गाँउका एक सय घरधुरीका वासिन्दाहरु वनतिर जाँदा विधार्थी पनि जाने भएपछि विद्यालय वन्द गर्नु परेको सो विद्यालयका प्रधानाध्यापक अकिल महताराले वताउनु भयो ।

४५ जना विधार्थी भएको विद्यालयमा दुई दरवन्दी भएको र एक जना सट्टा शिक्षक पनि विधार्थीसंगै जडीबुटी संकलन गर्न र विहान वेलुका पढाउनका लागि त्यतै गएको प्रअ महताराले वताउनुभयो । उहाँले भदौ अन्तसम्म विद्यालय वन्द हुने पनि वताउनुभयो । आम्दानीको अन्य स्रोत नभए पछि गाँउलेहरू जडीबुटी संकलनका लागि वर्सेनि वनमा जाने गरेको सोही वनका उपभोक्ता समितिका अध्यक्ष कुन्साङ्ग लामाले वताउनुभयो ।

राजन रावतले गोरखापत्रमा लेखेको खबर ।

प्रतिक्रिया