SLC को नतिजाको जिम्मेवारी शतप्रतिशत शिक्षक मात्रै हो भनी बिश्लेषण र दण्डित गर्नु बेठिक छ । समाज विकास र बिद्यालयको शैक्षिक स्तर सम्बन्धित कुरा हुन । प्रशासन र सामाजिक राजनितिले अझै ठूलो भूमिका खेल्छ । शिक्षक सामुहिक शिक्षण खेलको एक खेलाडी हो त्यसैले उसलाई बेलाबेलामा प्रशिक्षणको पनि आवश्यकता त छॅदै छ भने खेल खेल्दै र खेलाउदै गर्दा विद्यार्थीलाई शिक्षकको तर्फबाट र शिक्षकलाई सम्पूण सरोकारवाला निकायहरू र अभिभावकको तर्फबाट हुटिङको आवश्यकता पर्छ , जोश जाॅगर र प्रहोत्साहनको आवश्यकता छ ।
यहाँ त काम गर्नेले भन्दा नगर्नेले स्यावासी र पुरस्कार पाउँछ । आफ्नो पक्षमा मौका मिलाउनु पर्दा सय भारी खर काट्ने र सय भारी खर आगो लगाउनेको एउटै मूल्याङकन हुन्छ । त्यसमा पनि political color मिलेपछि illusion हुने चलनले धेरै शिक्षक पिडित छन् । पीडक राजनितिक खेलाडी र तिनका आसेपासे प्र.अ.र शिक्षक नै छन् ।
यी सबैकुरा थाहा भएपनि स्रोतव्यक्ति ,बि.नि. र कार्यलयका उच्च तहका कर्मचारी पनि एउटै रोगले ग्रसित छन्।कार्यन्वयनकर्ता शिक्षक हो त्यसैले सबैको बिचार शिक्षकप्रति नकारात्मक मात्र छ । शिक्षकलाई कसैले सहयोग गरेका छैनन् , छन त केवल औलामा गन्न मिल्ने जति ।त्यसैले केहि राम्रा विद्यालय र सफल शिक्षक पनि छन् । शिक्षकलाई राजनितिले सिक्छस् बनायो अनि शिक्षक सिकाउन नजाने र नजान्ने दुबै बने ।
राजनितिले समाज विकास र शिक्षाले शैक्षिक विकास गरे मात्र समुन्नत र समतामूलक समाज बन्छ । स्वाभिमानी शिक्षकलाई निरिह बनाएर शैक्षिक गुणस्तर खोज्नु सुगुँरले आकाश हेर्नु जस्तै हो । राजनितिक आश्रयले विगतको दशकमा कतिपय शिक्षक जागिरे मानसिकताले बलियो तर शैक्षिक द्रिष्टीले कमजोर भएका पक्कै हुन त्यसैले अब सुध्रन जरूरी छ । आखिर नतिजा देखेपछि र भोगेपछि त सुध्रन कर लाग्छ कि ?
नतिजाको कारण एउटाले अर्कोलाई घोचपेच गरेपनि समस्या जहाँको त्यहिं छ । सामाजिक परिवेश,भौगोलिक बिकटता , भौतिक संरचना,शैक्षिक चेतनास्तर,शिक्षकको व्यक्तिगत क्षमता, परम्परागत सोचाई , शैक्षिक प्रशासन जस्ता कुराहरूले शिक्षण प्रक्रिया नतिजामूखी बन्न सकेको छैन । व्यबाहारिक पेशागत शिक्षामा पेशा व्यवसाय पनि एउटा देखाउने दाँत नबनोस् ।
शिक्षकको काम किताबी ज्ञान मात्र दिने हो भनेर आज शिक्षकलाई अपाङ्ग जस्तै बनाइएको छ । शिक्षक स्रोत साधनले भरिपूण छैनन् । शिक्षामा आधुनिकता झल्किन सकेको छैन ।शिक्षामा ICT भनेपनि सामग्री छैनन् , ति सामग्री भएपनि छोए बिग्रने डर संकिण सोचाइ राख्नेको छ। ICT को प्रयोग शिक्षकले हैन यो त व्यापारी, उद्योपति, बैंक तथा वित्तिय सस्था,अस्पताल, अन्य सरकारी कार्यलय आदीमा मात्र हुन्छ भन्ने सोचिन्छ। त्यसैले शिक्षकलाई हेपिन्छ। शिक्षण पेशालाई अन्य पेशा भन्दा पछाडी पारेर हेरिन्छ । नेपालको शिक्षा प्रणाली, बाँदरको पुच्छर लौरो न हतियार जस्तो भएको कारण यहि हो ।
बिषयगत हिसाबले सबै बिषय उत्तिकै महत्वपूर्ण भएतापनि maths,science, english प्रति सबै बिद्यार्थीको रूची जगाउन अलि कठिन छ । धेरै teaching technique र strategies को आवस्यकता छ । प्रश्नपत्र निर्माणमा पनि सुधार गर्न जरूरी छ । शिक्षकले सहजकर्ताको भूमिका निर्वाह गर्दै CAS को मर्म अनुरूप मूल्याङ्कन गरि action research प्रयोग गर्दै अगाडी बढे अवश्य सफल शिक्षक बन्न सकिन्छ। शिक्षकले भित्री मनले चाहे गर्न सक्छ ।
समस्या हल हुनेतिर नलागी सबै दोष शिक्षकमा थोपरेर अरू सबै पक्षहरू पानी माथीको ओभानो कदापी बन्नु हुदैन । सबैले आ आफ्नो भूमिका निर्वाह गरौ सकारात्मक परिवर्तनका साथ अगाडी बढौं ।
प्रतिक्रिया